समाचार

माधव नेपालकाे एकीकृत समाजवादीले गण्डकी प्रदेशस्तरीय भेला गर्दै

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए । पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय… पुरा पढौ

अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेललाई पितृशोक

अटोवेज प्रालि नयाबजार पोखराका सञ्चालक तथा प्रतिभा मावि नदीपुरका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र उनका दाजु राजेन्द्रप्रसाद पौडेललाई पितृशोक परेको छ । पौडेल दाजुभाईका पूजनीय पिता गोविन्दप्रसाद पौडेलको बुधबार साँझ ९२ वर्षको उमेरमा आफ्नै निवास स्याङ्या जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर २ मडुवामा निधन भएको हो । स्वर्गिय पौडेलको आजै पोखराको सेती नदीस्थित शान्तिघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । पुरा पढौ

नेपाल–बंगलादेश महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज

नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ। दशरथ रंगशालामा बेलुकी पाँच बजे खेल सुरु हुनेछ। मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन्। खेल हेर्न दर्शकहरुलाई पनि अनुमति दिइएको छ। २ मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो। उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एएफसी महिला एसियन… पुरा पढौ

१ सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणको मुद्दामाथि सुनुवाइ सुरु

फ्रान्सको पेरिसमा ६ वर्ष अघि १ सय ३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि सुनुवाइ सुरु भएको छ। आगामी ९ महिनासम्म चल्ने १ सय ४० दिने सुनुवाइमा ३ सय ३० जना वकिल र घटनामा बाँच्न सफल १ हजार ८ सय व्यक्ति तथा पीडितका आफन्त सहभागी हुने जनाइएको छ । घटनाको बेलाका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलान्दसहित झण्डै ३ सयजना प्रत्यक्षदर्शीको बयान पनि लिइने समाचारहरुमा उल्लेख छ। सुनुवाइ सुरू हुनुअघि फ्रान्सका पूर्वराष्ट्रपति ओलान्दले आक्रमणका पीडितहरूका लागि यो महत्वपूर्ण क्षण भएको बताएको फ्रान्सेली… पुरा पढौ

घरघरमा दीपावली गरेर ३ दिनसम्म संविधान दिवस मनाइँदै

नेपाल सरकारले घरघरमा दीपावली गरेर ३ दिनसम्म सातौं संविधान दिवस मनाउने निर्णय गरेको छ। नेपालको संविधान जारी भएको असोज ३ गतेलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । सरकारले संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो। संविधान दिवसका अवसरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायतका कार्यक्रम गर्ने सरकारको तयारी छ। संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति… पुरा पढौ

एमसीसीद्वारा नेपाललाई जवाफी पत्र : कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध नभएको स्पष्ट पारेकी हुन् । पत्रमा एसुमारले एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको भन्दै बरु यसबारे नेपालमा गलत हल्ला फैलाइएको जवाफ नेपाल सरकारलाई पठाएकी छन् । यसअघी नेपाललले एमसिसीको सम्बन्ध कुनै सैन्य गठबन्धन वा सुरक्षा अंगसँग भए नभएको… पुरा पढौ

पोखराका लागू औषध कारोबारी पक्राउ

लागू औषध कारोबार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । लागू औषध कारोबार गरेको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित गगनगौंडाबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका नया गाउँ बस्ने १९ वर्षिय सन्देश तामाङलाई पक्राउ गरेको हो । लेखनाथ पावरहाउसस्थित चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ७ सय २० ग्राम गाँजा र एक थान मोवाइल बरामद गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङबिरुद्ध… पुरा पढौ

कुँडो पकाउन बालेको आगो सल्केर गोठ खरानी

कुँडो पकाउन बालेको आगो सल्केर आगलागी हुँदा गोठ खरानी भएको छ । बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ३ राम्चे बस्ने ५० वर्षिय मनिकला थापाको ढुंगा र माटोले बनेको एक तले टिनले छाएको गोठ कुँडो पकाउन बालेको आगो सल्किएर आगलागी हुँदा जलेर खरानी भएको हो । आगलागीबाट गोठमा रहेका एउटा भैंसी र एउटा गोरु जलेर मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा मानवीय क्षेती नभएको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले… पुरा पढौ

वाईसिएल कास्कीले गरेको रक्तदानमा १०१ युनिट रगत संकलन

योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ युनिट रगत संकलन भएको छ । कोरोना महामारीका कारण पोखरामा रगतको अभाव भएपछि वाईसिएल कास्कीले जनयुद्धका सहीदहरु सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को २२ औं स्मृति दिवसको अवसरमा गरेको खुल्ला रक्तदान कार्यक्रममा सो युनिट रगत संकलन भएको हो । रक्तदान कार्यक्रमको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज हितराज पाण्डे (उत्तम)ले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की… पुरा पढौ

श्रोत सुनिश्चित हुन साथ क्रमागत योजनाहरुलाई निरन्तरता दिन्छौंः अर्थ मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बजेटको श्रोत सुनिश्चित हुने विक्तिकै क्रमागत योजनाहरुलाइ निरन्तरता दिने बताउनु भएको छ । बुधबार पोखरामा आयोजना भएको स्थानिय सरकारमा सार्वजनिक वित्त व्यबस्थापन सवाल, समस्या र अन्तर सरकार समन्वय देश स्तरिय अन्तरक्रिया कार्यक्रम वोल्दै अर्थमन्त्री बरालले चालु आर्थिक बर्षमा श्रोतको सुनिश्चित हुन साथ क्रमागत योजनालाई निरन्तरता दिने बताउनु भएको हो ।मन्त्री बरालले भने “बजेटको श्रोत सुनिश्चित हुने वित्तिकै पहिलाका क्रमागत योजनाहरुलाई हामीले निरन्तरता दिन्छौं, कुनै पनि बहुबर्षीय योजना काटिएका छैनन, त्यसलाई अनुसुचिमा लगेर राखिएको… पुरा पढौ