समाचार

मुख्य प्रशिक्षक ह्वाटमोरको राजीनामाले क्यान स्तब्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामाले आफू स्तब्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिक्रिया दिएको छ। गत आठ महिनादेखि नेपाली टिमको जिम्मेवारी सम्हालिरहेका ह्वाटमोरले शुक्रबार अकस्मात राजीनामा दिएको खबर बाहिर आएको थियो। ह्वाटमोर नेतृत्वको नेपाली टिम ओमानमा छ। ह्वाटमोरले त्यहीबाट इमेलमार्फत क्यानलाई राजीनामा पठाएको बताइएको छ। ‘ह्वाटमोरको राजीनामाले हामी स्तब्ध भएका छौँ। उनले ओमान भ्रमण सकिनासाथ लागू हुनेगरी राजीनामा दिएका हुन्। उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए,’ क्यानले आफ्नो टीवटर ह्यान्डलमा लेखेको छ। ह्वाटमोरले व्यक्तिगत र… पुरा पढौ

क्रिकेट प्रमुख प्रशिक्षक ह्वाटमोरको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। ह्वाटमोरले ओमानमा हुने आइसीसी विश्वकप लिग–२ पछि प्रशिक्षक पद छाड्नेबारे नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक रुपमा जानकारी गराइसकेका छन्। कोरोना महामारीको संक्रमणका कारण परिवारसँग समय बिताउन नपाएको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। उनले ओमानमा जारी सिरिजपछि प्रशिक्षक पद छाड्ने बताइएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओमान भ्रमणमा छ। ओमानमा नेपालले पपुवा न्युगिनीसँग २ एकदिवसीय मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेल खेल्नेछ। पुरा पढौ

लगातारको झरी आजदेखि क्रमशः कम हुँदैे

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देखि मौसममा केही सुधार हुनेछ। पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुनेछ। यसअघिको तुलनामा मौसममा केही सुधार हुने भएपनि आज गण्डकी लगायत वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा हुने संभावना पनि छ। बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही गण्डकी प्रदेश… पुरा पढौ

बहुविवाहका अभियुक्त दम्पत्ति १३ वर्षपछि जेल चलान

कैद फैसला सुनाइएका २ अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले बेसीसहर नगरपालिका–९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई प्रहरीले पक्राउ गरेको हो।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र ५ हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए। उनीहरूलाई शुक्रबार नै जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। पुरा पढौ

काँग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत, कास्कीमा रेग्मी

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ। यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतहरू जिल्ला जिल्लामा जाने क्रम सुरु भएको छ। पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको हो। हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको हो। निर्वाचन अधिकृतलाई क्रियाशील… पुरा पढौ

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काठमाण्डौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा,… पुरा पढौ

गण्डकीमा ५४५ जना कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो अवधिमा ३५० सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमण भई ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कास्कीका तीन, स्याङ्जाका दुई र पर्वतका एक छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २७४ पुगेको निर्देशनालयले जनाएको छ ।… पुरा पढौ

देशका विभिन्न स्थानमा पहिरो तथा बाढीबाट क्षति, कहाँ कति क्षति ?

काठमाण्डौं । देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ । कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँपालिका–७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका… पुरा पढौ

वाईसिएलको अध्यक्ष बनेर ईतिहास रच्ने मोडमा कास्कीका सुमन देवकोटा

योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)को केन्द्रीय अध्यक्ष बन्ने लाईनमा कास्कीका सुमन देवकोटा अग्रपंक्तिमा देखिएका छन् । हालका बरिष्ठ उपाध्यक्ष देवकोटा वाईसिएलको अध्यक्ष बन्ने दौडमा प्रमुख दाबेदारका रुपमा उभिएका हुन् । देवकोटासँगै हालका उपाध्यक्ष द्वय यशोदा न्यौपाने (जुम्ला) र सुरज सिंह (बझाङ) तथा महासचिव सुबोधराज श्रीपाली (पूर्वी रुकुम) अध्यक्षका आकांक्षी हुन् । कास्कीका देवकोटालाई पार्टी हाईकमाण्डकोपनि समर्थन रहेको श्रोतले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु देवकोटालाई अध्यक्ष बनाउन सहमत भइसकेका छन् । उसो त यसअघी रामप्रसाद सापकोटा… पुरा पढौ

विद्यार्थीलाई तत्काल खाेपका लागि पहल गर्न पी.एन. क्याम्पससमक्ष अनेरास्ववियुकाे माग

पाेखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई काेराेना विरूद्धकाे खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनसमक्ष माग गरेकाे छ । शुक्रबार अनेरास्ववियुले परीक्षा दिइरहेका, परीक्षा तालिका प्रकाशित भएका, विज्ञान र महिला होस्टलका गरी जम्मा २१ सय ९३ जना विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तत्काल खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनकाे ध्यानाकर्षण गराएकाे हाे । साथै, क्याम्पसका सबै १३ हजार ८ सय ७६ जना विद्यार्थीलाई नै एकमहिनाभित्र खोप लगाउन पहलकदमी गरिदिन क्याम्पस प्रमुखकाे ध्यानाकर्षण गरिएकाे अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष… पुरा पढौ