समाचार

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरे, डेढ करोड क्षेति

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि आएको बाढीले नवलपरासी पूर्व (नवलपुर)को देवचुली नगरपालिका वडा नम्बर ११ कुनाघाटमा चन्द्रमाया क्षेत्रीले सञ्चालन गरेको उज्वल पोल्ट्री फार्म डुबाउँदा १२ हजार लेयर्स कुखुरा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती कुखुरा मर्दा करीब १ करोड ३२ लाख रुपैयाँ बराबरको क्षेति पुगेको प्रदेश प्रहरीको वुलेटिनमा उल्लेख छ । घटनाको थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

तिराना । अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ । प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप… पुरा पढौ

पोखरा लेडी जेसिजको ‘जेसिज सप्ताह’ सम्पन्न

पोखरामा आयोजना भएको जेसिज सप्ताह सम्पन्न भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा पोखरामा गत भदौ ४ गतेदेखि शुरु भएको जेसिज सप्ताह भदौ १० गते विहीबार एक औपचारिक कार्यक्रम गरेर सम्पन्न गरिएको हो । जेसीज सप्ताह अन्तर्गत पहिलो दिन भदौ ४ गते “प्रभावकारी भाषण कला तालिम”, दोस्रो दिन भदौ ५ गते “विद्यालय स्तरीय वतृत्वकला कार्यक्रम”, तेस्रो दिन भदौ ६ गते “विरामी कुरुवालाई कुर्सी तथा अन्य सामाग्री वितरण कार्यक्रम”, चौथो दिन भदौ ७ गते “सकारात्मक सोंच एवम् जीवन परिवर्तन तालिम”, पाँचौ… पुरा पढौ

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारी अनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका… पुरा पढौ

शनिबारबाट मौसममा सुधार हुने

काठमाडौँ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उनले… पुरा पढौ

जर्जिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

युइएफए वर्ष खेलाडीको अवार्ड पूरुषतर्फ चेल्सीका जर्जिन्हो र महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुतेयासले जितेका छिन्। जर्जिन्होले यस सिजन चेल्सीलाई च्याम्पियन्स लिग र इटलीलाई युरोकप फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए।त्यसैगरी, स्पेनकी एलेक्सियाले क्लब तथा अन्तर्राष्ट्रिय फुटबल दुबैमा निकै उत्कृष्ट खेलेकी थिइन्। चेल्सीलाई च्याम्पियन्स लिग जिताउने थोमस टुचेलले उत्कृष्ट पुरुषतर्फको प्रशिक्षक र महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुइस कोर्टेले जितेका छन्। चेल्सीका इडुआर्ड मेन्डीले पुरुषतर्फको उत्कृष्ट गोलकिपर र सान्ड्रो पानोसले महिलातर्फको उत्कृष्ट गोलकीपरको अवार्ड जिते। म्यानचेस्टर सिटीका रुबेन डियासले उत्कृष्ट डिफेन्ड र… पुरा पढौ

आज पोखराका विभिन्न ८ स्थानमा भेरोसेल दोस्रो मात्राको खोप लगाइँदै

पोखराका विभिन्न स्थानमा शुक्रबार भेरोसेल दोस्रो मात्राको खोप लगाइने भएको छ। साउन २२ गते भन्दा अगाडि भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुलाई विभिन्न ८ स्थानमा दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाले जनाएको छ। खोप लगाइने केन्द्रहरुमा शहरी स्वास्थ्य केन्द्र –१ बगर, अमरसिंह मावि, जनप्रकाश मावि भण्डारढिक, वाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नवप्रभात मावि नयाँबजार, कन्या मावि नदीपुर र श्रीराम मावि सिमलचौर छन्। महाशाखाले उल्लेख गरेको उक्त केन्द्रहरुमा यातायात कम्पनीका चालक, सहचालक, पर्यटन वाहन, ग्याँस, पानी, डेरी… पुरा पढौ

हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका हुन् । अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उनको भनाइ थियो । “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भने, “सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ… पुरा पढौ

सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

काठमाण्डौं । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उनले सोही टोलीमा अनुबन्धित भएका हुन् । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी… पुरा पढौ

एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने

काठमाण्डौं । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी… पुरा पढौ