समाचार

भूमी आयोगसम्बन्धमा अल्पकालिन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमी आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,–“विघटित भूमीसम्बन्धी अभिलेख भौतिक स्रोतसाधनलगायत व्यवस्थापनसम्बन्धी कुरा अन्यथा परिर्वतन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।” आदेशमा विवादित विषयको संवेदनशीलता र गम्भीरताका दृष्टिले दुवै पक्षसँग वृहत छलफल गर्नका लागि आगामी भदौ… पुरा पढौ

पोखरामा रगत अभाव

पोखरा संघसंस्थाहरुबाट हुने नियमित रत्तदान नहुँदा रगतको चरम अभाव भएको छ । पोखरामा मात्रैे दैनिक २०० युनिट भन्दा बढी रगतको माग विभिन्न अस्पताल हरुबाट हुने गरेकोमा बढ्दो कोरोना महामारि तथा रत्तदान मा केही भ्रम का कारण रत्तदानमा कमी भएको रत्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । बिकसीत देशहरुमा कोभिड भ्याक्सीन लाउनु अगि रत्तदान गर्ने गरीन्छ, हाम्रो मा कमजोर भइन्छ भन्ने मानसिकताले रत्तदानमा कमि भएको हो । रेडक्रस मार्फत रचात्मक सन्देश दिने कार्यक्रमहरू गरीने रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा ले… पुरा पढौ

व्यवसाय पुर्नजिवनका लागि तत्कालै अध्यययन गरेर आवश्यक नीति बनाउँछौं : मन्त्री शर्मा

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुर्नजिवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताएका छन् ।पश्चिमाञ्चल होटल संघ पोखरामा आवद्ध व्यवसायीसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताएका हुन् ।मन्त्री शर्माले भने ‘आफूले कार्यभार सम्हालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु’ । पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको लागि अध्ययन अनुसन्धान गरेर व्यवसायलाई… पुरा पढौ

वन दिवसका अवसरमा चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षारोपण

पोखरा । राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं ३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा अमला, वडहर, कटहर, हर्रो, वर्रो, हलुवावेद, तेजपात, नासपति लगायत बिभिन्न जातका दुई सय वटा विरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नंं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।वृक्षारोपण गर्नु आपैmमा महत्वपूर्ण भएको… पुरा पढौ

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड !

उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए । चुमनुब्री किसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन… पुरा पढौ

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए । उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र… पुरा पढौ

राधाकृष्ण वृृद्धाश्रमको परिसरमा सिद्धार्थ क्लबद्वारा वृक्षारोपण

पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा ३२ स्थित राधाकृष्ण वृृद्धाश्रमको परिसरमा क्लबका अध्यक्ष श्री पार्वती माकाजूको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले मन्दिर परिसरमा रोपण गरिएका फलफुल तथा आयमुलक विरुवाहरुबाट निकट भविष्यमा वृृद्धाश्रमले आय आर्जन गर्न सक्ने र सो आयबाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संस्थाले वृक्षहरुको संरक्षणमा विभिन्न कार्यक्रमहरु गरिरहने प्रतिवद्धता व्यक्त गरिन् । यसै गरि राधाकृष्ण वृृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले क्लबका गतिविधिहरुको प्रशंसा गर्दै विरुवाहरुको संरक्षणमा समितिको पनि दायित्व… पुरा पढौ

सुशासन जनमैत्री सेवा दिने जनशक्ति तयार गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् ।उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला ।’नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल गर्न कर्मचारीकै भूमिका… पुरा पढौ

सकियो टोकियो ओलम्पिक, ३ वर्षपछि पेरिसमा भेट्ने वाचा

टोकियो ओलम्पिक २०२० समापन गरिएको छ। ३ वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित ओलम्पिक आइतबार सफलतापूर्वक समापन गरिएको हो। कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करण जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमकाबीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसँग आयोजना गर्न सफल बन्यो। यस पटक ओलम्पिकमा कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११… पुरा पढौ

जापानमा मिरिना आँधी, मानिसहरुलाई सुरक्षित स्थलतर्फ जान आग्रह

जापानको पूर्वी तट नजिकै मिरिना आँधी गएको छ। आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ। चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, ‘आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ।’ यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ। आँधी प्रभावित… पुरा पढौ