समाचार

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्कीआएको छ। धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ। एक अधिकारीका अनुसार अलकायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो। एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो। धम्कीबारे सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ। साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ। जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ। यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो। त्यतिबेला बैंग्लोरदेखि दिल्ली आउने विमान एक… पुरा पढौ

तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा

अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा ४ वटा प्रान्तीय राजधानी कब्जा गरेको छ। समाचार अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन्। आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन्। त्यसअघि, उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए। शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जारन्ज कब्जा गरेका थिए। त्यसयता लगातार ४ राजधानी कब्जा गरेका छन्। पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि… पुरा पढौ

२६ दिन कैद तोकिएका प्रतिवादी आशिष पक्राउ

तनहुँ जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो। तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र २ हजार २ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन्। पुरा पढौ

विश्व आदिवासी दिवसमा व्यास नगरपालिकाभित्र सार्वजनिक बिदा

२७ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज (सोमबार) आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन्। साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने संचालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको… पुरा पढौ

गण्डकी प्रदेश लगायतका जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनिकाको खोप लगाइँदै

कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आज (सोमबार) देखि दोस्रो डोज खोप लगाइँदैछ। भूटान र जापानबाट अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दिन लागिएको हो। कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अष्ट्राजेनिकाको खोप दिन लागेको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

नेलम्बो नेपालद्वारा लामाचौर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रि प्रदान

स्वास्थ्य,शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले आइतबार लामाचौर स्वास्थ्य चौकी पोखरा १९ लाई स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष एकदेब देबकोटाका अनुसार नेबुलाइजर,मास्क,सेनिटाइजर,स्प्रे बोटल, स्ट्याण्ड,पि.पि.ई.सेट लगायतका स्वास्थ्य सामग्रि प्रदान गरिएको हो ।नेपाल सरकारले नेपाल मास्क सप्ताह २३ श्रावण देखि शुरु गरेको सचेतनामूलक कार्यक्रमको सन्दर्भ पारि अभियानलाई सघाउ पुगोस् भनि स्वास्थ्य सामग्रि सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो । अत्यावश्यक परेका समुदायलाई सहि ठाँउमा सदुपयोग हुने गरि यस्ता सामग्रि पारदर्शि ढंगले बितरण गर्न नेलम्बो नेपाल… पुरा पढौ

रिलायवल नेपालको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

पोखरा । रिलायवल नेपाल लाईफ इस्योरेन्स लिमिटेड पोखराको अभिकर्ता सम्मान तथा उत्पे्ररण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रिलायवल नेपाल लाईफ इस्योरेन्स गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीले सम्पुर्ण एजेन्सीहरुलाई उत्प्रेरण तथा सम्मान गरे । उनले अहिलेको समयमा जीवन बिमा गर्नु आवश्यक भएको भन्दै मानिसहरुलाई आकर्षण गर्न जोड दिए । कार्यक्रममा एमडीआरटी मिन बहादुर गुरुङ्ख, सरु थापा , एजेन्सी मेनेजर धर्मदत्त पौडेल , गण्डकी प्रदेशका टप एजेन्सी नितु बाँनिया बस्नेत लगायतले व्यवसाय प्रवद्र्धन गर्नेमा जोड दिए । यस्तै कार्यक्रममा… पुरा पढौ

पर्यटनमन्त्री शर्माद्वारा पर्यटन कार्यालय पोखराको निरीक्षण

पोखरा । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पर्यटन कार्यालय पोखराको निरीक्षण गरेका छन् । उनले कार्यालयका योजना, कार्यक्रम, बजेट, उपलब्धि र कार्यालयको अवस्था बारे जानकारी दिए । निरीक्षणका लागि पुगेका मन्त्री शर्मालाई कार्यालय प्रमुख पुरन गिरी लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए । निरीक्षणपछि मन्त्री शर्माले ठूला व्यवसाय दर्ता र नवीकरणका लागि विभागमा जानुपर्ने अवस्था अन्त्यका लागि पहल गर्ने बताए। उनले प्रदेश पर्यटन नीति र ऐन निर्माणपछि पर्यटन क्षेत्र सकारात्मक वातावरण बन्ने उल्लेख गरे… पुरा पढौ

पोखरामा भेटेरिनरी अस्पताल भवनको शिलान्यास,दुई वर्षमा सम्पन्न हुने

पोखरा । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे । पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्धेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अस्पताल निर्माण कार्य अघि बढाइएको हो… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको गुनासो : हामीलाई खोप र व्यवसाय बचाउने कार्यक्रम खै ?

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन कच्चा पदार्थमा लगाइएको अत्यधिक भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिएका छन् ।‘सरकारले स्वदेशमै उत्पादन हुने र यहाँको माग धानिरहेका चाउचाउ, बिस्कुटलगायतका बस्तुहरुको कच्चा पदार्थमा लगाउने भन्सार शुल्क उच्च रहेको छ’,उनले भने,‘सरकारले तयारी बस्तु र कच्चा पदार्थ आयात गर्दा लिइने शुल्क फरक गर्नुपर्छ ।’महासंघका केन्द्रीय सदस्य अधिकारी प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिको प्रतिनिधिमण्डलसँग आइतबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै थिए… पुरा पढौ