समाचार

पिसाब फेर्न जाँदा लडेर मृत्यू

स्याङ्जामा लडेर एक जनाको मृत्यू भएको छ । पिसाब फेर्न जाँदा आफ्नै घरको एक तला माथिबाट लड्दा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीका ४० वर्षिय रामचन्द अवस्थीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घर माथिबाट लडेर घाइते भएका उनलाई उपचारका लागि चापाकोट अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यू भएको प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । स्याङ्जामा लडेर एक जनाको मृत्यू… पुरा पढौ

हेमजामा ६ क्वीन्टल गाँजा नष्ट

हेमजा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बुधबार ६ क्वीन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, अस्थायी प्रहरी बिट हेमजा र स्थानियबासीको सहभागितामा हेमजाको झिझिर्कामा भएको गाँजा फडानी गरिएको हो । लागु औषध न्युनिकरणको लागि गाँजा फडानी गरिएको वडा सदस्य दलबहादुर कुँवरले बताए । स्वच्छ समाज निर्माणको लागी गाँजा फडानि गरिएको र यसलाइ निरन्तरता दिने उनको भनाइ छ । समाजमा… पुरा पढौ

डुयुखोलाको झोलुङ्गे पुल पहिराले क्षति, आवतजावत पूर्णरूपमा ठप्प

गोरखा । चुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले चुँडाएर क्षति पुर्याएको स्थानीयवासी सरोज लामाले जानकारी दिए । उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्गे पुलमा पहिराले पूर्ण क्षति पुर्याएको छ। गोरखा: उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्गे पुलमा पहिराले पूर्ण क्षति पुर्याएको छ। चुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले चुँडाएर क्षति पुर्याएको स्थानीयवासी सरोज लामाले जानकारी दिए । “झोलुङ्गे पुलमाथिबाट पहिरो खस्दा पुल पूरै चुडिएको… पुरा पढौ

कोरोना सङ्क्रमणको जोखिम उच्च : चापाकोट नगरपालिका दश दिन बन्द

वालिङ । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ । नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए । नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य सङ्कटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो । नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा… पुरा पढौ

‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता

पोखरा । ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो । कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः रु दश हजार, रु आठ हजार र रु छ हजार प्रदान गर्दै चित्रकलाकै… पुरा पढौ

भेरोसेलको दोस्रो मात्रा पर्सिदेखि

सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको… पुरा पढौ

युएई सरकारले नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउँदै

संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ। कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने–जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो। यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा छन्। यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीइएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ, ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्।’… पुरा पढौ

ओमानको खाडीबाट एक पानीजहाज हाइज्याक, इरान लगिँदै

पानामाको झण्डा भएको एक पानीजहाजलाई ओमानको खाडीबाट हाइज्याक गरेर इरान लगिँदै छ। बन्दुकधारीको एक समूहले जहाजलाई हाइज्याक गरेर इरानतिर लिइरहेको लोइड मेरिटाइम इन्टेलिजेन्सको भनाइलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ। बिटुमेन ट्याङ्कर एमभी अस्फाल्ट प्रिन्सेस् नाम गरेको जहाज स्टेट अफ हर्मुजतर्फ अगाडि बढीरहेको जनाइएको छ । जहाजलाई कसले हाइज्याक गरेको भन्नेबारे प्रष्ट नभए पनि यसमा इरानको हात रहेको आशंका गरिएको छ । एक हप्ताअघि मात्रै इजरायली तेल ट्याङ्करमा ड्रोन हमला भएको थियो जसमा बेलायती र रोमनियन दुई जना सुरक्षागार्डको ज्यान गएको… पुरा पढौ

अफगान रक्षामन्त्रीको निवासमा आक्रमण, ४ जना मारिए

बन्दुकधारीले अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको निवासमा आक्रमण गरेका छन्। आक्रमणको बेला रक्षामन्त्री खान निवासमा नरहेको बताइएको छ। मन्त्रीको परिवारका सदस्यलाई सुरक्षित रुपमा त्यहाँबाट उद्धार गरिएको थियो। बन्दुकधारीले गोली हान्दै मन्त्रीको निवास प्रवेश गरेपछि सुरक्षा फौजले जवाफी कारबाही गर्दा ४ जना बन्दुकधारी मारिएका छन्। उनीहरुले मन्त्री निवासभित्र कारबम बिस्फोट गराउन खोजेको थिए। रक्षामन्त्री निवास अफगानिस्तानको सबैभन्दा सुरक्षित स्थल ‘ग्रिन जोन’ भित्र पर्छ। अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा… पुरा पढौ

‘अंगरक्षक आउने आशामा उहाँ मारिनुभयो’

ग्त महीना आफ्नै शयनकक्षमा जब हाइटीका राष्ट्रपति निर्ममतापूर्वक मारिँदै थिए, एक मात्र प्रत्यक्षदर्शी त्यहाँ थिइन्। घटनाबारे उनलाई जति राम्रोसँग थाहा छ, अरुलाई छैन। जुलाई ७ मा मार्टिन मोइज आफ्ना पति जोभेनेल मोइजको शवसँगै रगत बगिरहेको बेला त्यही शयनकक्षमा अर्को बिहान भेटिएकी थिइन्। रहस्यमयी हत्याबाट उनी बाँचिन् तर, हत्यारालाई न्यायको कठ्घरामा ल्याउनुपर्ने भन्दै सुरु भएको खोजीमा उनले आवाज उठाएकी छिन्। आइतबार दक्षिणी अमेरिकी राज्य फ्लोरिडामा सीएनएसँग अन्तर्वार्ता दिँदै गर्दा मोइजले पाखुरामा कालो पट्टी बाँधेकी थिइन्। उनको माग थियो, ‘हत्यारालाई पत्ता लगाएर… पुरा पढौ