समाचार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ । बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक समेत रहेका लामिछानेलाई बिगोबराबरको रकम धरौटी राखेर छाड्ने आदेश दिएको हो । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनको मुद्दामाथि बिहीबार बहस सकिएपछि धरौटीमा छाड्ने आदेश भएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत रु। २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने,आदेशमा भनिएको… पुरा पढौ

एमालेमा गण्डकीबाट युवातर्फ केन्द्रीय सदस्यमा कास्कीका नवराज ओझा निर्वाचित

नेकपा एमालेमा भुगोलतर्फ गण्डकीबाट युवा केन्द्रीय सदस्यमा कास्कीका नवराज ओझा निर्वाचित भएका छन् । एमालेको विहीबार सम्पन्न ११ औं महाधिवेशनले गण्डकीबाट युवा केन्द्रीय सदस्यमा ओझालाई निर्वाचित गरेको हो । ओझा रुपा गाउँपालिका प्रमुख हुन् । पुरा पढौ

एमालेमा गण्डकीको खुलातर्फको केन्द्रीय सदस्यमा कास्कीका कृष्ण थापालगायत बिजयी

पोखरा, पुस ३ नेकपा एमालेको भुगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा गण्डकीबाट कास्कीका कृष्णबहादुर थापालगायत बिजयी भएका छन् । एमालेको ११ औं महाधिवेशनबाट थापालगायतका ५ जना गण्डकीको भुगोल कमिटीबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित कृष्णबहादुर थापाले १ हजार ७ सय २७ मत प्राप्त गरेर बिजयीहुँदा हरिकृष्ण श्रेष्ठ १ हजार ७ सय ७०, तिलबहादुर महत क्षेत्री १ हजार ५ सय ५, रामशरण बस्नेत १ हजार ४ सय १९ र केदार सिग्देल १ हजार ४ सय ९७ मत प्राप्त गरेर बिजयी… पुरा पढौ

दूरसञ्चार बिना विकास सम्भव छैन: मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय विकासको रणनीतिक आधारका रूपमा स्थापित भएको उल्लेख गरे।मन्त्री थापाले देशभरबाट पोखरा आएका प्रतिनिधिहरूलाई गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगर पोखरामा स्वागत गर्दै नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थाले केवल सेवा प्रदायकको भूमिका मात्र नभई राज्यको डिजिटल सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि वहन गरिरहेको बताए ।… पुरा पढौ

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, सचिवमा कास्कीका खगराज

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरे । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरे भने प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरेका थिए । योसँगै एमालेको अध्यक्ष पदमा ओलीले ‘ह्याट्रिक’ गरेका छन् । लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले ‘ह्याट्रिक’ गरेका हुन् । उनी ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् । त्यसैगरी महासचिवमा शङ्कर पोखरेल एक हजार… पुरा पढौ

एमालेको सचिवमा कास्कीका खगराजसहितस केपी ओलीको प्यानल नै विजयी

पोखरा, पुस ३ नेकपा एमालेको सचिवमा कास्कीका खगराज अधिकारीसहित केपी शर्मा ओलीको प्यानल नै विजयी भएका छन् । विहीबार सम्पन्न मतगणनामा सचिव पदमा ओली प्यानल नै बिजयी भएको हो । ९ सचिवका लागि भएको निर्वाचनमा कास्कीका खगराज अधिकारी १ हजार २ सय ३१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । त्यस्तै, जेनजी आन्दोलनपश्चात ओलीलाई गुण्डु लगेर स्थापित गर्ने महेश बस्नेत सर्बाधिक १ हजार ५ सय ४४ मत ल्याउँदै बिजयी भए । त्यस्तै, स्याङ्जाकी पद्माकुमारी अर्याल दोस्रो सर्बाधिक मत १ हजार… पुरा पढौ

एमाले अध्यक्षमा तेहेरिए ओली : पोखरेललाई दोब्बर मतले पछि पार्दै अध्यक्षमा ओली बिजयी

सन्देश श्रेष्ठपोखरा, पुस ३ नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेहेरिएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि ११ औं महाधिवेशनबाट चयन भएका हुन् । विहीबार दिउँसो सम्पन्न मतगणनामा ओली प्रतिष्पर्धी ईश्वर पोखरेललाई दोब्बर मतले पछि पार्दै बिजयी भए । अध्यक्षमा बिजयी ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । कुल २ हजार २ सय २७ मत खसेकोमा पराजित पोखरेलले ५ सय ६४ मत प्राप्त गरेको जनाइएको छ । बिजेताको घोषणा भने केहि समयपछि… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” चितवन राष्ट्रिय निकुञ्ज र… पुरा पढौ

एमाले महाधिवेशनः मतगणना जारी ओली ३३३, पोखरेल ११०

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा अरुण नेपाल ८९,गुरु प्रसाद बराल २४२,गोकर्ण राज विष्ट २५६,टकं… पुरा पढौ

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए । उनले भने, “पुलको ‘स्टिल पाटर्स’ निर्माण हुने भएकाले फेब्रिकेसन भइसकेको छ ।” दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा… पुरा पढौ