समाचार

अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउन ताजिकिस्तानको शरणमा पुगे

विद्रोही संगठन तालिबानसँग भिडन्तकै बेला अफगानिस्तानका १ हजारभन्दा बढी सुरक्षाकर्मी ताजिकिस्तान प्रवेश गरेका छन्। ताजिकिस्तानको सीमा सुरक्षाकर्मीले अफगानिस्तानका सुरक्षाकर्मी ज्यान जोगाउन सीमा प्रबेश गरेको बताएको छ। अफगानिस्तानका सुरक्षाकर्मी भिडन्तको क्रममा ताजिकिस्तान सीमामा प्रबेश गरेको यो तेस्रो पटक हो। करिब १ हजार ६ सय सुरक्षाकर्मी ताजिकिस्तान पुगेका छन्। अफगानिस्तानको बदाख्शन र ताखर प्रान्त ताजिकिस्तान सीमासँग जोडिएका छन्। तालिबान समूहले उक्त प्रान्तका अधिकांश भूभाग नियन्त्रणमा लिएको छ। तालिबानले पाकिस्तान सीमासँग जोडिएको एक अफगान सुरक्षा जाँच केन्द्रलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका… पुरा पढौ

विम्बल्डन टेनिसः विश्व नम्बर १ बार्टी सेमिफाइनलमा

विश्व नम्बर १ टेनिस सुन्दरी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएकी छिन्। लण्डनमा मंगलबार अष्ट्रेलियाकी आइला टोमल्जानोभिचलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम ४ मा पुगेकी हुन्। २५ वर्षीय बार्टीले टोमल्जानोभिचमाथि ६–१ र ६–३ को सेटमा पराजित गरिन्। बार्टी पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी हुन्। अब बार्टीले जर्मनीकी एन्जलिक केर्बरसँग खेल्नेछिन्। २५ औं वरीयताकी केर्बरले कारोलिना मुचोभालाई ६–२ र ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी छिन्। पुरा पढौ

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

पर्वत। जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे… पुरा पढौ

कोलम्बियालाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिनाले जारी कोपा अमेरिका फुटबलको फाइनलमा स्थान बनाएको छ। आज (बुधबार) बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले गोल गरे। अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके। कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल बन्यो। डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल बन्यो। अर्जेन्टिनी गोलरक्षक इमिलियानो… पुरा पढौ

बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो

बलेवा। बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । “रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने, “राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ ।” पहिरामा परी… पुरा पढौ

युरोकप फुटबलः दोस्रो सेमिफाइनल आज, इंग्ल्याण्ड र डेनमार्क भिड्दै

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति १२ः४५ बजे हुँदैछ। वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र डेनमार्कले फाइनलका लागि खेल्नेछन् । इंग्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले २ ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। यस खेलको विजेताले उपाधिका लागि फाइनलमा इटलीसँग प्रतिस्पर्धा गर्नेछ। इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराएर फाइनलमा स्थान बनाइसकेको छ। इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम… पुरा पढौ

युरोकप फुटबलः स्पेनका मोराटा बने यस पटक सर्वाधिक गोलकर्ता

जारी युरोकप फुटबलमा स्पेनका अल्भारो मोराटा सर्वाधिक गोलकर्ता बनेका छन्। मंगलबार राती भएको पहिलो सेमिफाइनलमा इटलीविरुद्ध १ गोल गरेका स्पेनका मोराटा युरोकपमा सर्वाधिक गोल कर्ता बनेका हुन्। जारी युरोकप फुटबलमा मोराटाले हालसम्म ६ गोल गरेका छन्। यसअघि, यो कीर्तिमान स्पेनका लागि फर्नान्डो टोरेसका नाममा थियो। उनले ५ गोल गरेका थिए। मोराटाले यसै युरोकपमा टोरेसको रेकर्ड बराबरी गरेका थिए। इटालीविरुद्ध फाइनलसरह मानिएको पहिलो सेमिफाइनलमा ८० औँ मिनेटमा गोल गर्दै मोराटा युरोकपका सर्वाधिक गोलकर्ता बनेका हुन्। तर, जारी युरोकपकै सेमिफाइनलमा इटलीबिरुद्धको टाइब्रेकर… पुरा पढौ

इटलीको कीर्तिमानी अपराजित खेल संख्या ३३ पुग्यो

इटलीले स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल पुगेसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ। सेप्टेम्बर २०१८ यता इटली अपराजित छ। उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ। इटलीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो। त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जितेको थियो। जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जित दर्ता गर्दैै उक्त कीर्तिमान भंग गरेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा इटलीबाहेक ब्राजिल र स्पेनले… पुरा पढौ

युरोकप फुटबलः स्पेनलाई हराउँदै इटली फाइनलमा

इटलीले जारी युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ। यो जितसँगै इटली उपाधि नजिक पुगेको छ। आज बिहान इंग्ल्यान्डको वेम्बली स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा ३ पटकको च्याम्पियन स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराउँदै इटली फाइनलमा पुगेको हो। खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर सुटआउटमा धकेलिएको थियो। खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए। इटलीले… पुरा पढौ

हिमाल र हुमीले जिते गुरिल्ला अल्ट्रा ट्रेल म्याराथन

तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा हिमाल बुढा मगर र हुमी बुढामगरले च्याम्पियन जितेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिका–६ महतमा आयोजित ट्रेल म्याराथनमा पुरुषतर्फ भूमे–२ गावाङका १८ वर्षीय हिमाल बुढामगरले निर्धारित ५२ किलोमिटरको दूरी ५ घण्टा, ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै विजेत बने। त्यस्तै, महिलातर्फ प्युठानकी २२ वर्षीया हुमी बुढामगरले निर्धारित दूरी ८ घण्टा ३२ मितेट ४७ सेकेण्डमा पूरा गर्दै म्याराथनको विजेता बनिन्।विजेता दुबै हिमाल र हुमीले समान ७५/७५ हजार रुपैयाँ नगद पुरस्कार जिते। पुरुषतर्फ भूमे–६ का २१ वर्षीय कर्माण… पुरा पढौ