समाचार

नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

पोखरा । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गरे । विज्ञप्तिमा उनले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाए । विज्ञप्तिमा कुँवरलाई निष्ठावान र इमान्दार नेताका रुपमा स्मरण गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाली काँग्रेस कास्की उहाँप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ… पुरा पढौ

सिर्जना चौतारीको वृक्षारोपण कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर एवं गुरुकुल संस्कृत विद्यालयको प्राज्ञणमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको आयोजनामा यो कार्यक्रम गरिएको हो । कार्यक्रममा कागती, आँप, लिची, बेलौती नासपती, रुद्राक्ष र अशोका लगायतका विभिन्न विरुवा रोपिएको क्लबका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए । लायन्स क्लब अफ ३२५ बि १ नेपालका डिष्ट्रिक ट्रि प्लान्टेसन डिपार्टमेन्ट चिफ बसन्त गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाइजर बालकृष्ण बराल, डिष्ट्रिक मोडल भिलेज डिपार्टमेन्ट चिफ… पुरा पढौ

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल(कुमाल) नियुक्त भएका छन् । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् । मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ… पुरा पढौ

निगमले दुई हप्तामै बढायो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमाले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल/ मट्टितेलको मूल्यमा २–२ रुपैयाँका दरले बढाएको हो । यो संगै पेट्रोलको मूल्य १२९ रुपैयाँ , डिजेल/मटितेलको मूल्य११२ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्यमा पनि २५ रुपैयाँ बढेर १४२५ पुगेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पु¥याएको छ गत जेठ… पुरा पढौ

गण्डकी सरकारले गर्यो १४ करोड रकमान्तर

गण्डकी प्रदेश सरकारले १४ करोड बढी रकमान्तर गरेको छ । एमाले सरकार ढालेर कांग्रेस नेतृत्वमा बनेको बिपक्षी गठबन्धन सरकारले असारमा १३० नया योजनाका लागि १४ करोड बढी रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा उक्त रकम रकमान्तर भएको श्रोतले बताएको छ । सरकारले रकमान्तर गरेका १३० योजना मध्ये ८३ योजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका रहेका छन् । त्यसरी रकमान्तर गरिएको कार्यक्रम चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश भने छैनन् । प्रदेशको आर्थिक कार्यविधी… पुरा पढौ

पृथ्वी सुब्बा गुरुङ सरकारले बजेटमा नपरेका ११ सडकलाई साढे ४ अर्बमा ठेक्का लगाएको आरोप

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधी एवम् सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले जाँदाजाँदै साढे ४ अर्बको बजेट नियमविपरित नया योजनामा ठेक्का लगाएको आरोप लगाएका छन् । नियमित पत्रकार भेटघाटका क्रममा बोल्दै प्रवक्ता खड्काले पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले उक्त सरकारबिरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार छाड्ने बेलामा नया योजनालाई ४ अर्ब ५१ करोड ३५ हजारमा ठेक्का लगाउने निर्णय गरेको आरोप लगाएका हुन् । उनका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत नभएको, आर्थिक प्रस्ताव स्वीकृत नभएको, डिपीआर… पुरा पढौ

प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनीलाई सरकारले राख्याे कालोसूचीमा

काठमाडाैं । सरकारले सम्झौतानुसार निर्माण सम्पन्न नगर्ने १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । यसरी कालाेसूचीमा पर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजसमेत रहेकाे छ। विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ,… पुरा पढौ

मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा हुने

काठमाडाैं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा… पुरा पढौ

सांसद पहारीद्वारा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण र निर्माणाधीन बाटोको अनुगमन

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ६ को लागि एक थान अक्सिजन कंसनट्रेटर हस्तान्तरण गरेका छन् । मंगलबार एक विशेष कार्यक्रमका बीच पहारीले रु. एक लाख पचास हजार रकम बराबरको सो  कन्सनट्रेटर नेकपा एमाले अन्नपुर्ण गाउँपालिका सचिब विवेक देवकोटालाई हस्तान्तरण  गरेका हुन्  । जोय नेपाल संस्थाको सहयोगमा उक्त कन्सनट्रेटर हस्तान्तरण गरिएको  सांसद पहारीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोही संस्थाको सहयोगमा अन्नपुर्ण गाउँपालिकाका वडा नं १०  घान्द्रुक, वडा नं ११  छुम्रुंग,  वडा नं… पुरा पढौ

तोकिएको समयसीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान विद्रोहीको अल्टिमेटम

अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ। आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै १ हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो। उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ। अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ। अमेरिकी सेना फिर्ता हुने दिन नजिकिँदै गर्दा अफगानिस्तानका कयौँ इलाका तालिबानले कब्जा गरिसकेको अधिकारीहरुले बताएका छन्।… पुरा पढौ