वेष्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। गएराती भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १६ रनले हराएको हो। १६७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा सिमित भएपछि दक्षिण अफ्रिका विजयी बन्यो। यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक–एकको बराबरीमा ल्याएको छ। पहिलो टी–ट्वान्टीमा वेष्ट इन्डिज विजयी भएको थियो। यसअघि, दक्षिण अफ्रिका…
पुरा पढौ