समाचार

खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

पोखरा । कोरोना महामारीका पहिलो र दोस्रो चरणको महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् आवद्ध संघसंस्थाले माग गरेका छन् । पर्यटन संघ संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले एक विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाइ समेत प्रत्यक्ष लाभ पुर्याउने यस क्षेत्रलाई चलायमान गराउने एक मात्र उपाय भनेको खोप नै भएको उल्लेख गर्दै यस विषयमा स्थानीय, प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा ‘‘नो भ्याक्सीन, नो मोर… पुरा पढौ

पाँचौ पोखरा स्पोर्टस् अवार्डको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ रञ्जितलाई

पोखरा । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/ ०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ । पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जित पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ । प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम सिफारिस गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको २५ औं बैठकले नाम अनुमोदन गरेको हो । मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक… पुरा पढौ

महानगरले आगामी वर्ष करको दर बृद्धि नगर्ने

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षमा करको दरमा ब्ृद्धि नगर्ने भएको छ । महानगरको पाचौं नगर सभामा महानगर प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा करको दर बृद्धि नगर्ने जनाएका हुन् । जिसीले कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव नगरिएको बताए । तर सबै प्रकारका कर दस्तुर तथा शुल्कहरुलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटिहरु सच्याउने प्रयास भने गरिने उनले बताए । महानगरले सम्पत्तिको मूल्यांकनको आधारमा सम्पत्ति करलाई… पुरा पढौ

“गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गरिने

पाेखरा । गण्डकी प्रदेश सरकारले “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा गण्डकी प्रदेशको पुस्तकालय नीति तर्जुमा गरी “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गरिने उल्लेख छ । गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । उनले गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना… पुरा पढौ

युरोकपकाे साविक विजेता पोर्चुगल विश्व विजेता फ्रान्ससँग खेल्दै

काठमाडौं । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपमा आज (बुधबार) राति साविक विजेता पोर्चुगलले विश्व विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ । 'ग्रुप अफ डेथ' मानिएको समूह ’एफ’ रहेको फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा १ जित र १ बराबरी खेलेर ४ अंक जोडेको छ । आजको खेलमा पोर्चुगललाई हराएमा फ्रान्स समूह विजेता बन्नेछ । पोर्चुगल भने… पुरा पढौ

पोखरा महानगरले पोखरा सभागृहको जिणोद्धार गर्ने

पोखरा महानगरपालिकाले पोखरा सभागृहको जीर्णोद्धार गर्ने भएको छ । पोखराको मध्य भागमा रहेको पोखरा सभागृह पोखराको शानको रुपमा रहेपनि पछिल्लो समयमा जिर्ण हुन थालेपछि महानगरले यसको जिर्णोद्धार गर्ने भएको हो । जिर्ण अवस्थामा रहेको पोखरा सभागृहको दक्षिण पट्टीको भाग महानगरको पाचौं नगरसभामा महानगर प्रमुख –मेयर) मानबहादुर जिसीले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरेर पोखरा सभागृहको जिर्णोद्धार गर्ने बताए । यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम थालनी गरिने उनको भनाई छ । पुरा पढौ

एउटै बस्तीमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि पर्वतको भोर्ले एक हप्ताका लागि सिल

पर्वत । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो । पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने तीन करोड

नयाँ दिल्ली। असार भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ । पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।… पुरा पढौ

संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई अक्सिजन प्लान्ट सहयोग

पोखरा । पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुन लागेकाे हाे । प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल सहितको टोली मंगलबार नेपाल आईपुगेको छ । प्लान्टका उपकरण सहित ईन्जिनियरको टोली बुधवार अस्पतालमा आईपुग्नेछन् । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्वीड अक्सिजन उत्पादन हुने बताईएको छ । गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग दुई करोड मुल्य बराबरको प्लान्ट… पुरा पढौ

जनप्रिय क्याम्पसलाई कृषि विकास बैंक लिमिटेडद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा । समुदायमा आधारित नाफारहित जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको छ । प्रमुख आमन्त्रित व्यक्तित्व कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले ‘क्याम्पसलाई हस्तान्तरण गरिएका सामाग्री थोरै जस्तो भए पनि महत्व धेरै छ । सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ ’ भने । पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न… पुरा पढौ