पोखरा । २३ जुन अन्तर्राष्ट्रिय एकल महिला दिवशको सन्दर्भ पारि नेपाल युवा उद्यमि मन्च पोखराले बिपन्न बर्गका एकल महिलालाई बुधबार राहत बितरण गरेको छ । कोरोनाको कहर र लम्बिदो निषेधाज्ञाको मारमा परेका आर्थिक अवश्था कमजोर भएका पोखराका ३० एकल महिलाका परिवारलाई एभरेस्ट एफ.एम.को समन्वय र मावब अधिकारका लागि महिला एकल महिला समूह गण्डकीको सहजिकरणमा राहत बितरण गरिएको हो ।राहत प्याकेजमा २५ केजि चामल,दाल,तेल,चना,नुन लगायतका खाद्यान्न सामग्रि रहेको सामाजिक अभियन्ता तथा युवा उद्यमि मन्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।…
पुरा पढौ