समाचार

नेपाली फुटबल टोली आज कुवेतबाट स्वदेश फर्कदैँ

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको टिम आइबार स्वदेश फर्कदैँ छ। २३ जना खेलाडी र १२ जना अफिसियलसहित गएको नेपाली टिम कुवेतबाट शनिबार राति नै स्वदेश फर्किएको हो। कुवेतबाट स्वदेश फर्किएको टोली कतारको दोहा हुँदै काठमाडौं विमानस्थलमा भने आज (आइतबार) बेलुका आइपुग्ने जनाइएको छ। कोरोना महामारीका कारण एएफसीले न्यूट्रल भेन्यूका रुपमा कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले ३ खेल सकेर स्वदेश फर्किएको हो। दशरथ रंगशालामा हुनुपर्ने खेल नेपालमा पनि कोरोना महामारी बढेपछि त्यता सारिएको… पुरा पढौ

मेघालाई पुलित्जर पुरस्कार, चीनबारे लेखेकी थिइन् समाचार

विश्वकै प्रतिष्ठित मानिने यस वर्षको पुलित्जर पुरस्कार भारतीय मूलकी अमेरिकी पत्रकार मेघा राजगोपालनले हात पारेकी छन्। हिरासत शिविरमा रहेका चिनियाँ मुस्लिम उइघुर र अन्य अल्पसंख्यक जातिहरुबारे ‘बजफीड न्यूज’मा प्रकाशन गरेको खोजीमूलक समाचारका लागि उनले पुलित्जर अवार्ड जितेकी हुन् । पत्रकारिता क्षेत्रमा उत्कृष्ट कामका लागि अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीबाट दिइने यस पुरस्कार मेघाले १०५ औँ संस्करणको अवार्ड जितेकी हुन्। गत वर्ष अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामाथि गैर पत्रकार किशोरी डर्नेल्ला फ्राजीरले तयार पारेको डकुमेन्ट्रीका लागि पुलित्जर अवार्ड प्रदान गरिएको थियो।… पुरा पढौ

रुसमा कोरोना भाइरसका संक्रमित बढ्न थाल्यो

रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका बताइएको छ। रुसमा शनिबार मात्रै १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। रुसमा गएको २४ घण्टामा यति धेरै संक्रमित भेटिएका हुन्। यससँगै रुसमा संक्रमितको संख्या करिब ५२ लाख पुगेको बताइएको छ। रुसका अधिकारीहरुले ४ महिनापछि यति धेरै संक्रमित एकैदिन भेटिएका जनाएका छन्। रुसका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएको बताएका छन्। ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना संक्रमित थपिएका र ती… पुरा पढौ

काबुलमा विस्फोट हुँदा ५ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलको २ फरक क्षेत्रमा शनिबार अपरान्ह्मा भएको विस्फोटमा परी ५ व्यक्तिको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालको नजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। यस घटनामा परी अन्य केही व्यक्ति गंभीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ। यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै २ वटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको… पुरा पढौ

म्यान्मारमा थप ६३८ जना गिरफ्तार

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६ सय ३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्यासम्बन्धी अभियोग लगाइएको छ भने २ सय ५६ जनालाई सुरक्षा व्यवस्थासम्बन्धी तथा विस्फोटन गराएको र २ सय ७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको… पुरा पढौ

सोमालियामा अल सेबाबका १७ विद्रोही मारिए

सेनाले गरेको कहारबाहीमा परेर सोमालियामा १७ सशस्त्र लडाकूहरुको ज्यान गएको छ। त्यहाँका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न २ प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन्। त्यहाँको हिरान भन्ने स्थानमा सोमालियाको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन्। ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरूले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने… पुरा पढौ

अमेरिकामा गोलाबारी: एक वर्षीय बालकसहित दुई जनाको मृत्यु, आक्रमणकारीद्वारा आत्महत्या

अमेरिकामा एक व्यक्तिले ग्रोसरी स्टारमा गोलाबारी गर्दै एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको हत्या गरेका छन्। त्यसलगत्तै आत्महत्या रोज्ने क्रममा उनले आफैंमाथि पनि गोली हाने। घटना अमेरिकाको फ्लोरिडा राज्यको हो। ५५ वर्षका टिमोथी जे वालले यसरी गोली चलाएका हुन्। तर, उनले गोली चलाउनुको कारण भने अझै खुलेको छैन। स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन। यद्यपि, केही समयअघि सामाजिक सञ्जालमार्फत वालले बच्चा र मानिसहरु मार्ने ईच्छा व्यक्त गरेको स्थानीय अधिकारीहरुले जनाएका छन्।… पुरा पढौ

समाज परिवर्तन र महिला सशक्तिकरणमा काम गर्ने जोन्टा क्लवको प्रतिवद्धता

जोन्टा कल्ब अफ पोखराले समाज परिवर्तन र महिला सशक्तिकरणमा समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएको छ । क्लवको दोस्रो ए जि एम मिटिङको अवसरमा क्लवकी अध्यक्ष लिना श्रेष्ठ गोशेलीले क्लवले सँधैजस्तै आगामी दिनमा पनि समाज परिवर्तन र महिला सशक्तिकरणमा समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनलेकोभिड १९ को दोस्रो लहर निकै नै डरलाग्दो भएर आएको बताउँदै सबैलाई सचेत रहन आग्रहसमेत गरिन् । कोभिडका बाबजुद क्लवले २०७७ सालमा सराहनीय कार्य गरेको भन्दै सो कार्यमा क्लवका सबै सदस्यको साथ र… पुरा पढौ

फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

पोखरा ।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्री परिषद गठन

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । पोखरेलले शनिबार राती ८ः३० बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सपथ लिएका हुन् । सपथ लगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्री परिषद गठन गरेका छन् । उनले आफूलाई समर्थन गर्ने सबै दलका एक÷एक जना समेटेर आफूसहित ५ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसबाट कास्कीका कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट लमजुङकी मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)बाट गोरखाका सांसद हरिशरण आचार्य र मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजिव… पुरा पढौ