समाचार

पोखरामा एक व्यक्ति मृत फेला

पोखरामा एक व्यक्ति मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २३ कार्कीको तगारोमा डेरा गरी बस्ने करीब ३५ वर्षका श्री विक मृत अवस्थामा फेला परेका हुन् । पोखरा–२३ स्थित हर्पनखोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिए । पुरा पढौ

लयमा फर्कंदै विद्युत् उत्पादन

लमजुङ । लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् । डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०÷५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । उनले… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

साओ पाओलो। ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय… पुरा पढौ

भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन

म्याग्दी। जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शैयाको आइसियु कक्ष स्थापना गरिएको थियो । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष… पुरा पढौ

हारको जिम्मेवारी म लिन्छु: प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा इराकसँग फराकिलो अन्तरले पराजित बन्यो । शनिबार राति भएको खेलमा नेपाल इराकसँग ६–२ गोलले पराजित भएको थियो । नेपाली टोलीमा लामो समयपछि ठूलो परिवर्तन ल्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको हारको जिम्मेवारी आफूले लिने बताएका छन्। उनले हारको विषयलाई लिएर खेलाडीहरुलाई गाली नगर्न समर्थकलाई आग्रह गरेका छन्।प्रशिक्षक अल्मुताइरीले भने, ‘नेपाली समर्थकहरुले खेलाडीलाई दोष नदिनुहोला। यो हारको दोष मैले लिन्छु। राम्रो टिम एकै समयमा बन्दैन । राम्रोे दिम बन्नलाई अझै केही समय लाग्छ। पछि गएर… पुरा पढौ

फ्लोरिडामा गोली चल्यो: २ को मृत्यु, २० बढी घाइते

फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा परेर २० भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका ३ व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली चलाएका थिए। ‘आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो,’ मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन्। शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ७ व्यक्ति घाइते भएका थिए। बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा… पुरा पढौ

गण्डकी प्रदेश लगायत देशका केही स्थानमा वर्षाको संभावना

गण्डकी प्रदेश लगायत देशका केही स्थानमा आज (सोमबार) दिउँसो हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। बाँकी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई… पुरा पढौ

निगमको वाइड बडी जहाज खोप लिन आज चीन जाँदै

चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज (सोमबार) नेपाल वायुसेवा निगमको जहाज बेइजिङ उड्ने भएको छ। चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको वाइड बडी जहाज त्यसतर्फ जान लागेको हो। चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका छ। सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार नेपाल ल्याउनेछ भने बाँकी दुई लाख मात्रा नेपाल–चीन संयुक्त… पुरा पढौ

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य… पुरा पढौ

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ । उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए ।अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका… पुरा पढौ