समाचार

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

नयाँ दिल्ली। कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत… पुरा पढौ

कोरोना हटस्पट बन्दै गरेको सिक्लेसलाई केसी ग्रुपको सहयोग

पोखरा पोखराको प्रशिद्ध व्यवसायिक घराना केसी ग्रुपले कोरोना नियन्त्रण रोकथामको लागि आफ्नो सक्रियता वढाएको छ । केहि दिन अगाडि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा निर्माण हुने अक्सिजन प्लान्टलाई २५ लाख रुपैयाँ सहयोग गरेको केसी ग्रुपले आफ्नो हाइड्रोपावर स्थल सिक्लेसको लागि सहयोग गरेको छ । मादी १ सिक्लेसमा पछिल्लो क्रममा १८ जनामा कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरको माग गरिरहदा केसी ग्रुपका निर्देशक किरण केसीले दुई थान अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराएका हुन् । ‘कोभिड संक्रमितहरु बढिरहेको… पुरा पढौ

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विवाह गरे

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन्। प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेको बताइएको छ। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन्। प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन्। बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन्। पुरा पढौ

बजेटमा समेटिएन पर्वतको फलामखानी

सरकारले विगतका वर्षहरुमा पर्वतको फलामखानी उत्खनन गर्ने विषय बजेटमा उल्लेख गरेपनि यसवर्ष भने बजेटमा नसमेटेको स्थानीयहरु बताउँछन्। गतवर्षको नीति तथा कार्यक्रममा सरकारले पर्वतको फलामखानी उत्खनन गर्ने उल्लेख गरेको थियो। तर, नीति तथा कार्यक्रममा परेपनि बजेट भने दिइएको थिएन। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नवलपरासीको धौबादीमा फलामखानीको अन्वेषण गर्ने उल्लेख गरेपनि पर्वतको फलामखानीबारे भने केही सम्बोधन गरेका छैनन्। आज भन्दा २८ वर्ष अगाडीसम्म महाशिला गाउँपालिका ६ फलामखानीको खानी उत्खनन गरेर स्थानीयले आम्दानी गर्दै आएका थिए। बनका ठूलाठूला… पुरा पढौ

आज गण्डकी प्रदेशसभाको बजेट अधिवेशन

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार) बस्दैछ। जेष्ठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो। गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। त्यसको लगतै बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो। प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाइएको हो। मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक… पुरा पढौ

कंगोको गोमा क्षेत्रमा ज्वालामुखी विस्फोट

पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको त्यहाँको सरकारी स्रोतले जानकारी दिएको छ। त्यहाँ भएका स्थानीय बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायता बढाएको बताइएको छ। यसअघि गत मे २२ का दिनमा कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो। त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो। ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ। उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा… पुरा पढौ

भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको छ। सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको ज्यान गएको हो। उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटना भएको शनिबार संचारमाध्यमहरुले जनाएका छन्। यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको पुष्टि गरेका छन्। अधिकारीका अनुसार अरु केही अस्पताल भर्ना भएका छन्। अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गंभीर रहेको संचारमाध्यमहरुले समाचारमा जनाएका छन्। बिहीबार साँझ ती व्यक्तिहरुले… पुरा पढौ

आइपीएलका बाँकी खेलहरु युएईमा हुने निश्चित

इण्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरु युएईमा आयोजना हुने निश्चित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को शनिबार बसेको विशेष साधारण सभाले कोरोना महामारीका कारण स्थगितआईपीएलका बाँकी ३१ खेलहरु युएईमा आयोजना गर्ने निर्णयलाई अनुमोदन गरेको हो। बोर्डले सेप्टेम्बर–अक्टुबर विन्डोमा प्रतियोगिता आयोजना गर्ने बिषयमा अध्ययन गरिरहेको छ। बीसीसीआईले आईपीएल २०२१ का बाँकी खेलहरु युएईको अबुधाबी, शारजाह र दुबईका ३ मैदानमा खेलाइने समेत जनाएको छ। आईपीएलका बाँकी ३१ खेलहरू युएईमा सेप्टेम्बरको तेस्रो सातादेखि अक्टुबरसम्म खेलाउने तयारीमा छ। पुरा पढौ

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ। पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएको खेलमा प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपाधि जितेको हो। यसअघि चेल्सीले २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए। पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए।… पुरा पढौ

नेपाल इराकसँग ६–२ को फराकिलो अन्तरले पराजित

इराकसँग मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। शनिबार इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ ले हारेको हो। इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खायो। इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले २ गोल गरे। त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले १÷१ गोल गरे। नेपालका मनीष डाँगीले १ गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले १ आत्मघाती गोल गरेका थिए। मनीषले राष्ट्रिय टोलीबाट डेब्यु… पुरा पढौ