समाचार

केनले जिते इङ्लिस प्रिमियर लिगको गोल्डेन बुट

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेल जित्दा टोलीका ह्यारी केनले गोल्डेन बुट जितेका छन्। टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका हुन्। उनले यो सिजन टोटेनहमका लागि सर्वाधिक २३ गोल गरे। उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे। सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो। टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले २ गोल गरे। ह्यारी केनले १ गोल गरे। एक गोल टोटेनहमले आत्मघाती… पुरा पढौ

फराकिलो जितसँगै इन्टर बन्यो सिरी ‘ए’ च्याम्पियन

इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फराकिलो जित हात पार्दै च्याम्पियन बनेको छ। इन्टरले आइतबार भएको खेलमा उडिनेजीमाथि ५–१ के फराकिलो जित निकाल्दै सिरी ‘ए’ को उपाधि ट्रफी उचाल्यो। इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन, लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले १÷१ गोल गरे। उडीनेजेका रोबर्टोले एक गोल फर्काए। जितसँगै इन्टरले च्याम्पियन बन्न ३८ खेलबाट ९१ अंक जोड्यो। उडीनेजी ४० अंकसहित १४ औँ स्थानमा रह्यो। इन्टरले यसअघि नै उपाधि जितिसकेको थियो। ट्रफी भने अन्तिम… पुरा पढौ

सिटीले उचाल्यो इङ्लिस प्रिमियर लिगको ट्रफी

च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै इङ्लिस प्रिमियर लिग उपाधिको ट्रफी उचालेको छ। आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको हो। सिटीले यसअघि नै उपाधि जितिसकेको थियो। घरेलु मैदानमा भएको सिजनको अन्तिम खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले २ गोल गरे। केभिन डी ब्रोइना, ग्राबियल जिजस र फिल फोडेनले १÷१ गोल गरे। जितसँगै सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो। पराजित एभर्टनको ५९ अंक रह्यो। पुरा पढौ

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा सहभागी भएकामध्ये अरु ५ जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन्। चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो। प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ। पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३… पुरा पढौ

उत्तरी इटलीमा केबल कार दुर्घटना, ८ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा एउटा केबल कार दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको जनाइएको छ। इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिक एउटा केबल कार खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।यस पहिले मृतक संख्या ९ भएको बताइएको थियो । ‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये ८ को मृत्यु भएको छ भने घटनामा गंभीर घाइते २ बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,’ उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै इटालीका संचारमाध्यमहरूले उल्लेख गरेका… पुरा पढौ

अमेरिकाको ओहायोमा गोली चल्यो, कम्तीमा ३ को मृत्यु ५ घाइते

अमेरिकाको ओहायोको योङ्सटाउनमा आइतबार गोली चल्दा ३ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा परेर कम्तीमा ५ व्यक्ति घाइते भएका छन्। घाइतेहरुको सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पतालमा उपचार गरिएको जनाइएको छ। योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो।’ सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध… पुरा पढौ

जन्मदिनमा मछिन्द्रादेवीले गरिन् तनहुँको पत्रकार कल्याणकारी कोषलाई रकम दान

व्यास–२ मालेबर निवासी मछिन्द्रादेवी श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि आर्थिक सहयोग गरेकी छन् । श्रेष्ठले आफ्नो ७१ वर्ष प्रवेशको अवसरमा आइतबार पत्रकार महासंघको कल्याणकारी कोषमा ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन्। नेपाल घरेलु तथा साना उद्योग व्यवसायी समिति केन्द्रीय सदस्य समेत रहेकी श्रेष्ठले आफ्नो ७१ औं जन्म दिनको अवसरमा उक्त रकम दान गरेकी हुन्। यसैवीच, व्यास–५ निवासी रमेश खनालबाट पनि कोषका लागि २५ सय रुपयाँ सहयोग गरेका छन्। दुना टपरी रेष्टुरेन्ट एण्ड… पुरा पढौ

तनहुँ उद्योग वाणिज्य संघको आपतकालिन कोषमा १० लाख संकलन

तनहुँ उद्योग वाणिज्य संघले थालेको सहयोग संकलन अभियानअन्र्तगत १० लाख रुपैयाँ संकलन भएको छ। संघले थालेको अभियानअन्र्तगत जिल्लाका व्यवसायी तथा देश विदेशका सुभेच्छुकबाट रकम संकलन गरिएको हो। संघले संकलित रकमबाट आफ्ना एकाईमार्फत सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उद्योग वाणिज्य संघले जनाएको छ। कोभिड संकटका बेला खटिएका आपतकालिन क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले सहयोग संकलन अभियान संचालन गरेको थियो। अक्सिजनसहित साढे २ लाखको सामान खरिद संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर… पुरा पढौ

पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का

लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन्। जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ। जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १ सय वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द… पुरा पढौ

पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन माग

कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशीघ्र खोप व्यवस्थापन गरेर नागरिकको जिउ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ। परिषद्ले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न परिषद्को माग छ। परिषद्ले महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालीन असर प्रभाव पारेको जनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यथासक्य छिटो यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप लगाउने व्यवस्था मिलाउन पनि सरकार समक्ष आग्रह गरेको… पुरा पढौ