समाचार

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, भोलि रिट दायर गर्ने

काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका निवर्तमान सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको प्रतिलिपिलगायत कागजात सङ्कलन गरिएको छ । सङ्कलन गरिएको हस्ताक्षरसहितको रिट निवेदन आजै सर्वोच्च अदालतमा दर्ता गर्ने तयारी गरिएको भए पनि समय… पुरा पढौ

प्रतिनिधि सभा विघनको घोषणा असंवैधानिक : माओवादी केन्द्र पोखरा महानगर समिति

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघनको घोषणालाई असंवैधानिक भनेको छ । समितिका सचिव विश्वप्रकाश लामिछानेले आज विज्ञप्ती जारी गर्दै जेठ ८ गते गरेको प्रतिनिधीसभा विघटनको घोषणा असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै विरोध एवं भत्र्सना गरेका छन् । विज्ञप्तीमा संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदा रहँदै राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गरेर निर्वाचन घोषणा गर्नु नेपाली जनताको लामो कठोर संर्घष (जनयुद्ध र… पुरा पढौ

रेडियो सराङकोटको रगत संकलन अभियानमा ३० यूनिट रगत सङ्कलन

पोखरा । रेडियो सराङकोटको रगत संकलन अभियान र सुविधा बचत तथा ऋण सहकारी संस्थाको संयोजनामा पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ । कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदानमा ३० यूनिट रगत संङ्कलन भएको छ । माहामरीको विचमा आवश्यक मात्रामा रगत सङ्कलन हुन नसक्दा रक्त संचार केन्द्रमा रगत अभाव पुरा गर्न रेडियोद्वारा जेठ महिनाभर पोखराका विभिन्न संघसंस्थासंग समन्वय गरी रगत सङ्कलन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए । सुविधा बचत तथा ऋण… पुरा पढौ

पोखरा लेडी जेसीसद्वारा मिनी अक्सिजन बैकको लागि ४६ हजार ५ सय सहयोग

रोटरीको पहलमा पोखराको मणिपाल शिक्षण अस्पतालमा स्थापना गर्न लागिएको नोभल कोरोना भाइरस कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि पोखरा लेडी जेसीसले आर्थिक सहयोग गरेको छ । पोखरका सात वटा रोटरी क्लब र प्रदेश नं ४ का रोट्याक क्लबहरुको संयोजनमा “जीवन को आशा“ भन्ने नारासहित स्थापना गर्न लागिएको कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि लेडी लेजिसले ४६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहयोग रकम आर्थिक संकलन संयोजक जेसी बिनिता सुबेदीले गरेकी थिईन् ।… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्दत – कास्की काँग्रेस

नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ । जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई… पुरा पढौ

माओवादी केन्द्र कास्कीले कोभिड बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने

नेकपा माओवादी केन्द्रले कास्कीमा नोभल कोरोना भाइरस (कोभिड–१९)बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र कास्कीले कोभिड–१९ को लहरका कारण कोभिड संक्रमण बिस्तार भइरहेको र यसका कारण कयौंको ज्यान गइरहेको भन्दै नागरिकको जीवन बचाउनका लागि वडा स्तरसम्मै कोभिड–१९ बिरुद्ध स्वयम्सेवा अभियान सञ्चालन गर्ने जनाएको हो । नेकपा माओवादी केन्द्र कास्कीका सचिव बखानसिंह गुरुङले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका वडा एकाईहरुलाई वडा वडामा स्वयम् सेवा एकार्य गठन गरि स्वयम् सेवा अभियान सञ्चालन गर्न आह्वान… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको निधन

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको निधन भएको छ । संक्रमणबाट कास्की र स्याङ्जामा ४–४ जना, म्याग्दीका ३, गोरखाका २, पर्वत, लमजुङ र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्वर ५ का ४६ वर्षिय पुरुष, वडा नम्वर १० का ५० वर्षिय पुरुषको उपचारका क्रममा पछिल्लो २४ घण्टामा निधन भएको हो । यस्तै स्याङ्जाको गल्याङ– ११ का ३५ वर्षिय… पुरा पढौ

संसद विघटन जनता र मुलुक प्रतिको गद्धारी हो : नागरिक समाज पोखरा

पोखरेली नागरिक अगुवाहरुले संसद पुर्नस्थापना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका छन् । पोखरेली नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन जनमत र नेपालको संविधान विपरित भएकाले त्यसलाई खारेज गरी संसद पुर्नस्थाना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका हुन् । यसरी माग गर्नेहरुमा नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धर, बरिष्ठ अधिवक्ता तीलक पराजुली, नागरिक समाजका पूर्व अध्यक्ष रामबहादुर पौडेल, समाजका निवर्तमान अध्यक्ष विष्णुहरी अधिकारी र सशी तुलाचन रहेका छन् । नागरिक अगुवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी… पुरा पढौ

एक व्यक्ति एक अक्सिजन सिलिन्डरका लागि च्याम्बर अफ कमर्सको आर्थिक संकलन अभियान शुरु

पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । यस अभियानमा विभीन्न संस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ। पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारि गर्दै सो जानकारी दिएका हुन् । सुनारले सो अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा… पुरा पढौ

चीनमा झण्डै ५० करोड डोज खोप लगाइयो

बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।… पुरा पढौ