समाचार

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

गलेश्वर। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् । कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र… पुरा पढौ

सर्जियो एगुरो स्पेनिस क्याटलाना क्लब बार्सिलोना जाँदै

सर्जियो एगुरोले शनिबार बार्सिलोनासँग २ वर्षको अनुबन्ध गर्ने सहमति गरेका छन्। अर्को महिना उनको म्यानचेस्टर सिटीसँगको अनुबन्ध सकिँदैछ। सिटीमा पाइरहेको पारिश्रमिकको आधामा उनी स्पेनिस ला लिगा क्लब क्याटलाना जान तयार भएका हुन्। बार्सिलोनालाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिग जित्न एगुरोले भूमिका खेले भने उनले बोनस भने पाउने अनुबन्धको शर्तमा उल्लेख छ। अर्को सिजनको सुरुमा ३३ वर्ष पुग्ने एगुरोका लागि यो वर्ष चोटका कारण सुखद रहेन। यसैक्रममा उनले सिटीका लागि अहिलेसम्म १८ खेल मात्र खेलेका छन् र यसमा ४ गोल गरेका… पुरा पढौ

बायर्नले उचाल्यो जर्मन बुन्डेस लिगा उपाधिको ट्रफी

रोबर्टाे लेवान्डोस्कीको कीर्तिमानसहित जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। सिजनको अन्तिम खेलमा बायर्नले सहज जित हासिल गरेको हो। शनिबार राति भएको खेलमा बायर्नले अग्स्बर्गलाई ५–२ ले हरायो। बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किंग्सले कोम्यानले १/१ गोल गरे । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो। अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गरे। अग्स्बर्गकै आन्द्रे हान र फ्लोरिनले १÷१ गोल फर्काए। लेवान्डोस्कीले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए। उक्त गोलसँगै लेवान्डोस्कीले जारी… पुरा पढौ

एट्लेटिको बन्यो यस सिजनको ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो। योसँगै एटलेटिकोले ११ औ पटक ला लिगाको उपाधि जितेको छ। एटलेटिकोले २०१३(१४ सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो। एटलेटिकोको जितमा एंगल कोरिया र लुइज स्वारेजले १/१ गोल गरे। स्वारेजले १–१ गोलको अवस्थामा निर्णायक गोल गर्दै एटलेटिकोको जित सुनिश्चित गरेका थिए। त्यस्तै, भल्लाडोलिडका लागि ओस्कार प्लानोले १ गोल गरे। एटलेटिकोको ३८… पुरा पढौ

नाइजेरियामा विमान दुर्घटना: सेना प्रमुखको मृत्यु

नाइजेरियाको उत्तर–पश्चिमी राज्य कडुनामा एउटा विमान दुर्घटना परेको छ। दुर्घटनाा परेर सेना प्रमुख जनरल इब्राहिम अटाहिरूकोे मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरूको ज्यान गएको बताइएको छ।राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू गहिरो दुःखमा परेको बताएका छन्। गत जनवरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा ५४ वर्षीय जनरल अटाहिरूले उक्त पद सम्हालेका थिए। इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको… पुरा पढौ

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ। यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ। बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनैपनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना… पुरा पढौ

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ति

आज नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ति। वि.स. १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका युगकवि सिद्धिचरण श्रेष्ठको गीत ‘मेरो प्यारो ओलढुंगा’ बोलको गीत हरेक नेपालीहरुको जनजिब्रोमा अहिलेसम्म पनि कालजयी बनेको छ। विकृति, विसंगति र असमानताप्रति सचेत युग कवि श्रेष्ठको कवितामा समाज सुधारका भावहरु प्रसस्त भेटिनछन्। युगकवि श्रेष्ठको अर्को चर्चित गीत ‘आमा, तिनिहिरुले जेसुकै भनोस, म बहुला होइन’ भन्ने त्यत्तिकै चर्चित छ। युगकवि सिद्धिचरण श्रेष्ठ क्रान्तिकारी कवि थिए। कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कविता लेखनअन्तर्गत क्रान्ति शब्दको प्रयोग… पुरा पढौ

प्रतिनिधिसभा विघटन प्रतिगमन भएको कास्की नागरिक अगुवाहरुको ठहर

कास्कीका नागरिक अगुवाहरुले दोस्रो पटकको प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएको ठहर गरेका छन्। नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदम नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धीलाई समाप्त पार्ने नियत र कार्य रहेको प्रष्ट देखिएकोमा आपत्ति जनाएका छन्। वरिष्ठ अधिवक्ता तथा नागरिक अगुवा तिलक पराजुली, रामबहादुर पौडेल, इन्द्रकमल मानन्धर, शशि तुलाचन र विष्णुहरि अधिकारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘जेठ ९ गते प्रतिनिधिसभा बैठक आब्हन भइसकेको अवस्थामा जेठ… पुरा पढौ

प्रतिनिधिसभा विघटनप्रति गण्डकी प्रदेश विपक्षी दलद्वारा भर्त्सना

असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका ४ राजनीतिक पार्टीले भर्त्सना गरेको छन्। एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्। विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकीसचेतक पियारी थापाको हस्ताक्षर छ। कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट… पुरा पढौ

पार्टी सदस्यबाटै निलम्बनमा परे जनमोर्चाका कृष्ण थापा

राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा पार्टीको साधारण सदस्यबाटै निलम्बनमा परेका छन्। काठमाण्डौंमा शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेको जनाएको छ। उनलाई १ बर्षका लागि निलम्बन गरिएको महासचिव मनोज भट्टले जानकारी दिएका छन्। ‘अहिले साधारण सदस्यबाट समेत निलम्बन गरेपनि सांसद पद भने कायमै छ,’ महासचिव भट्टले जानकारी दिएका छन्, आगामी दिनमा पनि पार्टी निर्णय नमानेमा थप कारवाही हुनेछ।’ पार्टीको निर्देशन नमानेर गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता… पुरा पढौ