समाचार

प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन्। उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरे । वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, (नेकपा माओवादी केन्द्र) र जनता… पुरा पढौ

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

पोखरा । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ । पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा केहीमा परीक्षा शुरु हुने मिति नजिकिँदै लाग्दा निषेधाज्ञा जारी भएपछि स्थगन गरिएको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्री परिषद बिस्तार हुँदै

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्री परिषद बिस्तार गर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले आफू मुख्यमन्त्री भएको एक हप्तापछि मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् । गुरुङ गत बैशाख २९ गते दोश्रो पटक मुख्यमन्त्री बनेका थिए । नेकपा हुँदा दुई तिहाइ मतसहित मुख्यमन्त्री बनेका गुरुङ बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रुपमा अविस्वासको प्रस्ताव ल्याएपछि अल्पमतमा परेका उनले बैशाख २६ गते राजिनामा थिए । अविस्वास प्रस्तावमा साथ दिएको राष्ट्रिय जनमोर्चाले बिपक्षी गठबन्धन… पुरा पढौ

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न- नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिए। मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको… पुरा पढौ

म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

म्याग्दी । म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् । मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आएका छन् । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना… पुरा पढौ

कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

बेनी। म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् । मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आएका छन्। अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना सङ्क्रमितसहित पोखरामा… पुरा पढौ

भूकम्पले घर भत्कियो

दमौली। लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए । रासस पुरा पढौ

कामले अत्यावश्यक, व्यवहारमा छैन :ग्यास व्यवसायी

गण्डकी। खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको जिम्मेवारी तथा बाध्यतालाई राज्यले व्यवहारमा भने बुझ्न नसकेको व्यवसायीको गुनासो छ । अत्यावश्यकीय सेवाअन्तर्गत निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी अधिकांशले दुवै चरणको कोरोनाविरुद्धको खोप लगाइसक्दा पनि एलपी ग्यास वितरण गर्ने कर्मचारी हालसम्म पनि उक्त सुविधाबाट वञ्चित भएको शक्ति ग्यास प्रा.लि. गगनगौँडाका वरिष्ठ प्रबन्धक… पुरा पढौ

महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

दमौली। तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “घटनाबारे अनुसन्धान गरिरहेका छौँ थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भने। शववाहन नभएपछि डोजरमा राखेर… पुरा पढौ

लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्नीच्युडको भूकम्प गयो

लमजुङ जिल्लाको भुलभुलेलाई केन्द्र विन्दु बनाएर आज (बुधबार) बिहान ५ : ४२ बजे ५.८ म्याग्नीच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रका सूचना अधिकृत नारायण बाँस्कोटाले जनाएका छन्। पोखरा लगायत गोरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का ठूलो महसुस गरिएको थियो। भूकम्पबाट लमजुङको २ घर भत्किएको भूकम्पबाट कहाँ के कति क्षतिबारे भने प्रारम्भिक जानकारी आउन थालेका छन्। श्रोतका अनुसार भूकम्पले लमजुङको बेसीसहरमा २ वटा घर भत्किएका छन् भने २ जना घाइते भएका छन्। घाइतेको उपचार भैरहेको जनाइएको छ।… पुरा पढौ