समाचार

‘एक महिनापछि हत्या भएको प्रहरी निश्कर्ष’

पोखरा । गत बैशाख ४ गते विहान एक किशोरको शव फेवातालमा तैरिएको अवस्थामा फेला प¥यो । नेपाल आर्मीको टोलीले भेट्टाएको सो शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतिको थियो । तालमा तैरिएको अवस्थामा फेला परेकाले प्रहरीले त्यसलाई मसिनो गरी अनुसन्धान गरेन । परिवारसँग सम्पर्क गरेपछि किशोरले आत्महत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । सोहि निश्कर्षका आधारमा प्रहरीले पत्रकारहरुलाई आत्महत्याको सूचना सम्प्रेषण ग¥यो । तर एक महिनापछि प्रहरीले एक महिना अघिको भन्दा फरक निश्कर्ष निकालेको छ… पुरा पढौ

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाण्डौं । नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आवहन गरेको हो । एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए । उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान… पुरा पढौ

फेदीखोला गाउँपालिकामा अनलाइनबाट नतिजा प्रकाशन

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले आज कक्षा ८ को नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेभसाइटमा हेर्न सकिने बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षमा २ सय ३० जना विद्यार्थी सहभागी भएको र सबै विद्यार्थी उत्तिर्ण भएको जानकारी दिए । गाउँपालिकाले गत वैशाख १६ गते देखि २० गते सम्म परीक्षा सञ्चालन गरेको थियो… पुरा पढौ

नेपालका ४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित

काठमाण्डौं । पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन् । यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको… पुरा पढौ

गण्डकी प्रदेशमा ९ हजार बढी सक्रिय संक्रमित, ४२९ कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा मंगलबार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९ हजार १८० पुगेको हो । एक हजार ६३५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा सबैभन्दा बढी कास्कीका ४१७, बाग्लुङका १२३, तनहुँका ११२, स्याङ्जाका ८६, नवलपरासी पूर्वका ७६,पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका२७, लमजुङका ८ र मुस्ताङका एक जना छन् । यस्तै सोही अवधीमा… पुरा पढौ

दैलेखमा जीप दुर्घटना, दुईको मृत्यु

दैलेख । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको… पुरा पढौ

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । पुरा पढौ

पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो । आदेशमा महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले गरी छुट्टाछुट्टै चार रिट निवेदन सोमबार दर्ता भएको हो । निवेदनमा… पुरा पढौ

कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाण्डौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए । उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए… पुरा पढौ

प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो । आदेशमा महान्यायाधिवक्ता कार्यालयमाफर्त १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल गरी छुट्टाछुट्टै चारवटा रिट निवेदन सोमबार दर्ता भएको हो । रिट निवेदनमा… पुरा पढौ