समाचार

मानवसेवा आश्रमका ‘लक्ष्मी’ र ‘नारायण’ लाई मानसिक औषधि

पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिए । उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए । संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’… पुरा पढौ

स्याङ्जाको वालिङमा अक्सिजन कन्सन्ट्रेटरका लागि सहयोग जुट्यो

स्याङ्जा । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरिएको आइसोलेशनमा कन्सन्ट्रेटर आपूर्तिका लागि आर्थिक सहयोग जुटेको छ । वालिङ नगरपालिकाको समन्वयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूमार्फत अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि १० लाखभन्दा बढी सहयोग जुटेको हो । वालिङ नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा प्रयोग गर्नका लागि इच्छुक ब्यक्ति तथा सङ्घसंस्थाहरूसँग आवश्यक स्वास्थ्य सामग्री सहयोगका लागि आह्वान गरेसँगै सहयोग आउने क्रम जारी रहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । “अस्पतालमा ३५ श्यया क्षमताको अक्सिजन सिलिण्डरसहित सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भने, “अक्सिजन… पुरा पढौ

नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

तनहुँ । कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ श्ययाको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो । नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको… पुरा पढौ

म्याग्दीमा भोजभतेरले फैलायो कोरोना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते… पुरा पढौ

तनहुँको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता महसुस भएपछि तनहुँका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो । अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, भेन्टिलेटर र आइसियुका लागि रु नौ करोड बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)… पुरा पढौ

‘अक्सिजन प्लान्ट राख्न पोखरामा रु १००/- दान गरौं महाअभियान शुरु’

पश्चिमान्चल क्षेत्रिय अस्पतालमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि अर्थ संकलन अभियान जारी छ । बतास फाउन्डेसनको समन्वयमा शुरु गरिएको यस अभियानलाई अब महाअभियानको रुपमा अघि बढाइने भएको छ । सबै पोखरेलीलाई अपनत्व महसुस गराउन ‘रु १०० दान गरौं,महामारीमा प्रण राखौं ‘महाअभियान शुरु गरिएको अभियन्ता तथा बतास फाउन्डेनसनका अध्यक्ष आनन्दराज बतास बताउनुहुन्छ । एभरेस्ट एफ.एम.९३ मेगाहर्ज क्याम्पेन पार्टनर रहेको यो अभियानमा पोखराका समाजसेवी,व्यवसायी, उद्यमी, नागरिक समाज, सामाजिक संघ संस्था , सञ्चार प्रतिष्ठान र सर्बसाधारण सबैलाई सहकार्यको लागि अनुरोध गरिएको छ… पुरा पढौ

दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई एक लाख

तनहुँ दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्। हङकङमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय वरिष्ठ सेफ बतासले कोभिडको समस्या जटिल भइरहेका बेला बतास फाउण्डेशनले देशभर सानो रकमबाट थालेको अभियान उपयुक्त लागेर सहयोग गरेको बताएका छन्। देशमा अक्सिजनको चरम अभावका कारण कैयौं मानिसको ज्यान गए पछि अक्सिजन प्लान्ट देशमै स्थापनाका लागि बतास अर्गनाइजेसनका आनन्द बतासको सक्रियतामा संचालित १ सय रुपैयाँ अभियान जारी छ। अभियानअन्तर्गत जेठ ५ गतेसम्म संकलित रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशकाा आनन्द… पुरा पढौ

व्यास नगरले आफैं पीसीआर जाँच्न अनुमति माग्यो

तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणको पीसीआर रिपोर्ट ढिलो आएको जनाउँदैआफै परीक्षण गर्न अनुमति माग गरेको छ। व्यास नगरले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसमक्ष पीसीआर रिपोर्ट परीक्षण गर्न माग गरेको हो। कोभिड–१९ नियन्त्रणसम्बन्धी समीक्षा बैठकका क्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका आफैले जाँच गर्ने गरी तयारी गर्न लागिएको जानकारी दिए। एक स्वास्थ्य ल्याब कम्पनीसँगको सहकार्यमा नगरपालिकामा नै पीसीआर परीक्षण गरेर द्रूत नतिजा दिने प्रस्ताव उनले बैठकमा अगाडि सारेका थिए। यस्तो परीक्षणको लागि प्रति व्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने बैठकमा सहभागी… पुरा पढौ

प्राडा अमर नागिला, पोविवि स्वास्थ्य, विज्ञान संकायको डिनमा नियुक्त

पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा प्राडा अमर नागिला नियुक्त भएका छन्। सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले ४ वर्षे कार्यकालका लागि डा नागिलालाई डिन नियुक्त गरेको हो। डा नागिला पोखरा विशवाविद्यालयमा प्रध्यापन गराउँदै आएका छन्। थाइल्यान्डको मोइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका प्रयोगशालाविद् डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का संचालक समेत हुन्। पुरा पढौ

बागलुङका स्थानीय तहहरु ५५ लाखको कोरोना कोष स्थापनामा एकजुट हुँदै

कोरोना महामारीसँग जुध्न बागलुङका १० स्थानीय तह एक जुट भएका छन्। त्यहाँको स्थानीय तहले संयुक्त रुपमा ५५ लाख रुपैयाँको कोरोना कोष स्थापना गरेका हुन्। सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा संकटसँग जुध्न कोष स्थापना गरेका हुन्। कोषमा बागलुङ नगरपालिकाले १० लाख लाख र अन्य पालिकाले पाँच लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको हो। पालिकाहरुले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासँग सम्बन्धित काममा खर्च गर्नका… पुरा पढौ