समाचार

कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आग्रह गरेको छ। अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवत–जावत निरन्तर भइरहेको बताउँदै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। मन्त्रालयले कास्की लगायत काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला… पुरा पढौ

कास्कीमा ४०८ सहित गण्डकी प्रदेशभर थप ८५९ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै कास्कीका ४ सय ८ जना छन्। यस्तै, म्याग्दीमा ८४, नवलपरासी पूर्वमा ८४, लमजुङमा ७९, बागलुङमा ६२, स्याङ्जामा ३५, तनहूँमा २३, पर्वतमा २१, मनाङमा ५, जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। थपिएका संक्रमितमध्ये ४ सय ४ जना महिला र ४ सय ५५ जना पुरुष छन्। यससँगै गण्डकी प्रदेशभर कूल संक्रमितको संख्या २९ हजार ४१ जना पुगेको छ। गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या… पुरा पढौ

कास्कीमा ९ जनासहित गण्डकी प्रदेशभर थप २४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट कास्कीमा ९ जनासहित गण्डकी प्रदेशमा थप २४ जनाको मृत्यु भएको छ। जसमध्ये पोखरामा मात्रै १८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा कास्कीका ९ जना, स्याङ्जाका ५, म्याग्दीका १, पर्वतका ३, गोरखाका १ जना छन्।यसैगरी लमजुङका १, तनहूँका २, बाग्लुङका १ र नवलपरासी पूर्वका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७ जना पुगेको छ। जसमा सबैधन्दा धेरै कास्कीका २ सय… पुरा पढौ

शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन । उक्त निवेदनमाथिको सुनुवाइ मङ्गलबार तोकिएको छ । निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्द उच्चारण नै नभएको, जुन कार्य गैरसंवैधानिक भएको र आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ । निवेदनमा… पुरा पढौ

मन्त्रिपरिषद्को बैठक

काठमाण्डौं । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने जनाइएको छ । कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा… पुरा पढौ

सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन

सर्प संरक्षक महेन्द्र कतिलाको निधन भएको छ । पोखरेली सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको आज साँझ ५ बजे नारायणघाटस्थित विपी मेमोरियल क्यान्स अस्पतालमा उपचारको क्रममा निधन भएको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्रबहादुर प्रजु (रबिन्सन)ले जानकारी दिए । कतिला पोखराका पहिलो सर्प संरक्षक हुन् । उनले अलपत्र परेका सर्पको उद्धार गर्ने गर्थे । पोखरा तथा यस आसपासका क्षेत्रमा कसैको घरमा सर्प पस्यो कि पोखरेलीले सम्झिने नाम हो कतिला । उनी सर्पलाई माया… पुरा पढौ

महामारीमा बिथ ल्याबको मनपरी, दर्ता नगरी पिसीआर गरेको पाइएपछि प्रशासनले गर्यो बन्द

माहामारीमा मनपरी गर्ने बिथ ल्याबलाई प्रशासनले बन्द गराएको छ । ल्याब दर्ता नै नगरी माहामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को पिसीआर जाँच गर्ने बिथ ल्याबलाई प्रशासनले बन्द गराएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासनलगायतको संयुक्त टोलीको अनुगमनका क्रममा बिथ ल्याबले दर्ता नै नगरी पिसीआर टेस्ट गर्ने गरेको पत्ता लागेपछि सो ल्याबलाई बन्द गराएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको बिथ ल्याबले कोरोना माहामारी शुरु हुने… पुरा पढौ

अरब सागरको चक्रवात ‘ताउ–ते’ को असर नेपालमा पनि, मेघगर्जन र हावाहुरीको सम्भावना

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउते’का कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश… पुरा पढौ

कास्कीकोट युवा सञ्जालद्वारा कोरोनाबारे दैनिक ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम सञ्चालन

पोखरा महानगरपालिका २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा ूडाक्टरसंग सरसल्लाहू कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरुको विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको हो । बेलुका ६स्३० बजे देखि ७स्०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् । ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको… पुरा पढौ

स्याङ्जाका ११ वटै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण

पोखरा । स्याङ्जाका ११ वटै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) तीव्र रुपमा फैलिएसंगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका हुन् । स्याङ्जामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । नगरपालिकाहरु गल्याङ, वालिङ, पुतलीबजार, चापकोट, भिरकोट र गाउँपालिकाहरु कालीगण्डकी, आँधिखोला, विरुवा, फेदिखोला, हरिनाश, र अर्जुनचौपारिमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । समग्रमा जिल्लामा १५ वटा आइसोलेसन सेन्टरमा २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको छ, जसमध्ये १ सय… पुरा पढौ