समाचार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । कोरोना महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण परीक्षा सञ्चालनका लागि सम्भव नभपछि स्थगित गरिएको बोर्डका अध्यक्ष प्रा. डा.चन्द्रमणि पौडेलले जानकारी दिए । यसअघि जेठ १३ गतेदेखि एईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षातालिका सार्वजनिक भएकोमा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । गत वर्षपनि परीक्षाको तयारी पूरा भइसकेपछि एईईको परीक्षा अन्तिम समयमा… पुरा पढौ

नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह

पोखरा । विपक्षी दलका तीन नेताले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको पाउन असफल भएपछि संयुक्त विज्ञप्ती जारी गर्दै विपक्षी दलका तीन नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस्तो आह्वान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ १ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । ‘प्रधानमन्त्रीले नेपालको संविधानको धार १००… पुरा पढौ

प्रधानमन्त्री ओली विश्वासको मत लिनबाट असफल

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल भएका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे। मतदानमा २३२ सांसद उपस्थित रहेका थिए । प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव… पुरा पढौ

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध ल्याइएको अविस्वास प्रस्ताव माथि छलफल गर्न बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन चलिरहँदा मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिएसँगै अधिवेशनको औचित्य समाप्त भएको थियो । अधिवेशन अन्त्य भएको जानकारी पत्र प्रदेश सभा सचिवालयलाई पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले आफूबिरुद्ध विपक्षी दलहरुले ल्याएको अविस्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन पदबाट राजिनामा… पुरा पढौ

अक्सिजन सिलिन्डर ल्याउन ‘वाइडबडी’ आज चीन जाँदै

चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज चीन जाँदै छ। चार सय थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन ‘वाइडबडी’ विमान चीन जान लागेको हो। आज राति साढे ११ बजे ‘वाइडबडी’ विमान बेइजिङतर्फ उड्ने तालिका छ। अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाइएको छ। पुरा पढौ

कोरोना परीक्षण निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै

सरकारले कोरोना परीक्षण निःशुल्क गर्न सबै सरकारी प्रयोगशालालाई परिपत्र गर्ने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) बैठकले लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका कन्ट्याक्टहरुको कोरोना परीक्षण निःशुल्क गर्न परिपत्र गर्ने निर्णय गरेको हो। यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको अनिवार्य रुपमा बी–वान फारम भरिएको वा आइएमयूमा इन्ट्री हुने व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ। कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमितहरुको संख्यामा अत्यधिक बृद्धि आएको छ। देशभर गरिएको… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको पनि ‘क्वीक रेस्पोन्स टिम’ गठन

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले ‘क्वीक रेस्पोन्स टिम’ गठन गरेको छ। महासंघका महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा ५ सदस्यीय ‘क्वीक रेस्पोन्स टिम’ गठन गरेको हो। महासंघको आइतबार सम्पन्न बैठकले गठन गरेको टिममा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकाश डोटेल र रमेश बास्ताकोटी छन्। टीमले कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकदमी लिने र समाधानका लागि पहल गर्ने महासंघका महासचिव एवं संयोजक सुवेदीले जानकारी दिएका छन्। महासंघले गण्डकी प्रदेशमा १० जना पत्रकार संक्रमित भएको र उनीहरुको स्वास्थ्य लाभको कामना… पुरा पढौ

पत्रकार महासंघ कास्कीको ‘क्वीक रेस्पोन्स टिम’ गठन

नेपाल पत्रकार महासंघ कास्कीमा क्वीक रेस्पोन्स टिम गठन गरे को छ। महासंघ कास्की शाखाले कोभिड संक्रमणका बेला आफ्ना सदस्यहरुसँग सम्पर्क र समन्वय गर्नका लागि क्वीक रेस्पोन्स टिम गठन गरेको जनाएको हो। महासंघको आइतबार सम्पन्न दोस्रो बैठकले अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा ७ सदस्यीय क्वीक रेस्पोन्स टिम गठन गरेको हो। महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना शर्मा वर्षा, सचिव माधव बराल, सह–सचिव श्रीराम सिग्देल, रेम विक र कोषाध्यक्ष कृष्ण दवाडी क्वीक रेस्पोन्स टिममा रहनेछन् । कास्कीमा क्रियाशील पत्रकारहरुलाई आपतकालीन समस्या आइपरेमा टिमले तत्कालै… पुरा पढौ

क्याम्पस भवन बनाउन पाँचलाख सहयोग

पोखरा । विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखि क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ । क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसलाई हस्तान्तरण गरेका थिए । क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैतिर आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताए । सहयोग गरेकी पराजुलीले सामुदायिक… पुरा पढौ

काम गर्ने वातावरण नभएपछि राजिनामा दिएँ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेलसमक्ष राजिनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङबिरुद्ध ल्याइएको अविस्वास प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । तर उनले एक दिन अघि नै राजिनामा दिए । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत गरेकी छन् । कोरोना भएर निवासको आइसोलेसनमा बसेका मुख्यमन्त्री गुरुङले अपराह्न ३ बजे पदबाट राजिनामा दिएको पत्र प्रदेश प्रमुखलाई बुझाउन प्रतिनिधि पठाएका थिए । लगत्तै प्रदेश प्रमुखले राजिनामा पत्र स्वीकृत… पुरा पढौ