समाचार

कोरोना संक्रमणबाट पोखरामा थप ११ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होमआइसोलेसनमा रहेका १ जना गरी थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जना रहेका छन् । कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८०… पुरा पढौ

नेपाल सुपर लिग: आजबाट प्लेअफका खेल हुँदै

राजधानीमा जारी नेपाल सुपर लिगमा आज (मंगलबार) बाट प्लेअफका खेल हुँदै छन्। प्लेअफमा काठमाण्डौं रेजर्स, ललितपुर एफसी, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी पुगेको छ। प्लेअफको पहिलो क्वालिफायरमा आज (मंगलबार) शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसी खेल्दैछ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफ विजेतासँग खेल्ने मौका पाउने छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल आज साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। प्लेअफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले… पुरा पढौ

चेल्सीले जित्यो वुमन्स सुपर लिग

चेल्सीको महिला टिमले वुमन्स सुपर लिग जितेको छ। अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी सुपर लिगको च्याम्पियन बनेको हो। चेल्सीको जितमा फ्रेन्क किर्बीले २ गोल गरिन्। त्यस्तै, मेलानी लेउपोलन्ज, समर्थ केर र इरिन कर्टबर्टले १÷१ गोल गरे। चेल्सीले २२ खेलबाट ५७ अंक जोडेर उपाधि जितेको हो। दोस्रो स्थानको म्यानचेस्टर सिटीले २२ खेलबाट ५५ अंक जोड्दै उपविजेता बनेको छ। म्यानचेस्टर सिटीले अन्तिम खेलमा वेस्ट ह्यामलाई हराएको थियो। चेल्सीले आगामी आइतबार महिला च्याम्पियन्स लिगमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ। पुरा पढौ

जर्मनीका जेरेभले जिते मड्रिड ओपनको उपाधि

छैटौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले मड्रिड ओपनको उपाधि जितेका छन् । जेरभले इटालीका माटेयो मारेट्टिनीलाई २–१ को सेटमा हराउँदै उक्त उपाधि जितेका हुन्। दोस्रो पटक उपाधि जितेका जेरेभले दशौं वरियाताप्राप्त मारेट्टिनीलाई ६–७(८-१०), ६–४, ६–३ को सेटमा हराएका हुन्। २४ वर्षे जेरेभले राफेल नाडाल, डोमिनिक थिमलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेका थिए। जेरेभले २०१८ मा पनि मड्रिड ओपनको उपाधि जितेका थिए। एजेन्सी पुरा पढौ

एसईई र कक्षा १२ को परीक्षा स्थगित

कोभिड–१९ महामारीका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो।बैठकले जेठको१३ गतेबाट संचालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डले जनाएको हो। अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन्। एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको अवस्थामा परीक्षाहरु स्थगित गरिएको बताइएको छ। महामारीका कारण अहिले शैक्षिक संस्था… पुरा पढौ

पवित्र र शक्तिशाली शब्द ‘आमा’

आज वैशाख कृष्ण पक्षको औँसी। मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। हरेक वर्षको यस वैशाख कृष्ण पक्षको औंसीको दिनमा आमाको महत्व र महिमा सहित आमाको मुख हेर्ने गरिन्छ। आजको दिन आमाप्रति सम्मान गर्ने र आमालाई सम्झिने दिन समेत हो। शास्त्रहरुमा आमालाई उच्चस्थानमा राखेको पाइन्छ। श्रद्धा, भक्ति, सम्मान र आदर गरेर आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गरेर मातातीर्थ औंसी मनाइने र आमाको मुख हेर्ने चलन छ। आजको दिन दिन आमाले गरेका महान र कष्टपूर्ण… पुरा पढौ

नेकपा कास्कीका उपाध्यक्ष शोभाकर भण्डारी रहेनन्

माधवकुमार नेपाल पक्ष नेकपा एमाले कास्कीका उपाध्यक्ष शोभाकर भण्डारीको आज राति १ बजे मणिपाल शिक्षण अस्पतालमा असामयिक निधन भएको छ। कोभिड संक्रमणका कारण भण्डारीको मृत्यु भएको पार्टी अध्यक्ष धनराज आचार्यले बताएका छन्। एक हप्ता अघिदेखि भण्डारी सामान्य ज्वरो, रुघाखोकीबाट ग्रसित भएपछि ५ दिनअघि भण्डारीलाई गण्डकी मेडिकल कलेज (जीएमसी) मा भर्ना गरिएको आचार्यले बताए। त्यसको २ दिनपछि भण्डारीलाई गण्डकी मेडिकल कलेज (जीएमसी) बाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो। पञ्चायतकालदेखि नै बाम आन्दोलनमा सक्रिय भण्डारी विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील थिए।… पुरा पढौ

तनहुँमा करेन्ट लागेर एकको मृत्यु

तनहुँ । तनहुँमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका–२ मार्केचोकका भिम बहादुर गुरुङ (४५)को करेन्ट लागेर सोमबार बिहान ६ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । स्थानिय तारा बहादुर गुरुङको घर काम गरी बस्ने गुरुङलाई गिदरीको रुखमा चढेर हाँगा काट्ने क्रममा रुखको हाँगाले बिजुलीको तारमा छुदा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका गुरुङको उपचारका क्रममा आबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वकै सरकारले काम गर्ने

वैशाख २७ पोखरा । अर्को मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै कार्य सञ्चालन गर्ने गरि जिम्मेवारी प्रदान गरिएको छ । राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको जनाइएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित… पुरा पढौ

गण्डकी प्रदेशमा सोमबार ३०८ कोरोनामुक्त, हालसम्म १८ हजार ७३ संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा सोमबार ३०८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी कास्कीका १७३ जनाले कोरोना संक्रमण जितेका छन् । निर्देशनालयका अनुसार सोमबार गोरखका ४६, स्याङ्जाका ४१, बाग्लुङका १७, म्याग्दीका ११, तनहुँ र नवलपुरका ७–७ जना, पर्वतका ५ र मुस्ताङका एक जनाको कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ आइतबारको तुलनामा ९४ जना बढीले कोरोना जितेका हुन । आइतबार… पुरा पढौ