समाचार

पूर्व राजा–रानी शाह कोरोना संक्रमणमुक्त

काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र शाहा दम्पत्ति कोभिड–१९ मुक्त भएका छन् । तीन साता अघि कोरोना संक्रमित भएका पूर्व राजा शाहा दम्पत्ति कोरोनामुक्त भएका हुन् । कोभिडका कारण तीन सातादेखि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र छोरी नर्भिक अस्पताल भर्ना भएका थिए । तीनै जना कोरोना संक्रमणमुक्त भएको दरवार निकट स्रोतले जनाएको छ । कोरोना संक्रमण मुक्त भएपनि पूर्वरानी कोमलको अक्सिजन ‘लेभल’ सोचे जति माथि आउन नसकेका कारण पूर्वराजा शाहा अझै केही समय अस्पतालमा नै रहेको जनाइएको छ ।… पुरा पढौ

६३ जिल्लामा निषेधाज्ञा जारी

काठमाण्डौं । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ । यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख,… पुरा पढौ

अक्सिजन प्लान्ट सञ्चालनमा जुट्न अध्यक्ष सुबेदीको आह्वान

स्याङ्जा । अक्सिजन अभावले देशभर कोराना संक्रमितको ज्यान जान थालेपछि अक्सिजन प्लान्ट सञ्चालनमा जुट्न गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले आह्वान गरेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष सुबेदीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिल्लाका एघार वटै पालिकालाई यस्तो आह्वान गरेका हुन् । उनले शनिबार स्टाटस लेख्दै अरुको भर नपरी आफ्नो तयारी आफै गर्न आह्वान गरेका छन् ।विकास बजेट कटाएर भएपनि जनता बचाउने काममा जुट्न आग्रह गर्दै उनले २० दिनभित्र अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । उनले लेखेका छन्,… पुरा पढौ

शनिबार गण्डकी प्रदेशमा १६३ जना कोरोनामुक्त, २७४ मा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टाम २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५०१ पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीका १६१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ४५, बाग्लुङका ३६, तनहुँका १८, पर्वत र म्याग्दीका ५–५ जना र स्याङ्जाका… पुरा पढौ

रित्तो अक्सिजन ग्यास सिलिण्डर संकलनमा जुट्यो प्रहरी

अक्सिजन सिलिण्डरको अभावमा नागरिकको ज्यान जान थालेपछि कास्की प्रहरी सिलिण्डर संकलनमा जुटेको छ । अक्सिजन सिलिण्डरको अभाव भएर कुनैपनि नागरिकको ज्यान नजाओस् भनेर प्रहरी सिलिण्डर संकलनमा जुटेको हो । जस अन्तर्गत कास्की प्रहरीले विभिन्न मेटल कम्पनी, वर्कसप, ईञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायतका कम्पनीहरुमा पुगेर सिलिण्डर संकलन गरेको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । एसपी श्रेष्ठले स्थिति सामान्य अवस्थामा फर्केपछि फिर्ता गर्नेगरी सिलिण्डर संकलन गरिएको बताए । पहिलो चरणमा शनिबार सम्ममा १८७ वटा अक्सिजन ग्यास… पुरा पढौ

धम्पुस गाउँ प्रमोशनका लागि सालैजो गीत बजारमा

लोक गायक श्याम अधिकारीले सालैजो भाकामा पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्धनात्मक गीत बजारमा ल्याएका छन्। गायक अधिकारीलाई यस गीतमा बरिष्ठ लोकदोहरी गायिका शर्मिला गुरुङले साथ दिएकी छन्।गायक अधिकारीले दुई वर्ष अघि पनि ‘मेरै धम्पुस गाउँ’ बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका थिए। धम्पुस गाउँको चिनारीसहितको अधिकारीको गीतहरु देशी तथा विदेशी नेपाली लोक गीतका पारखीहरुले खुब मन पराएका छन्। लोकगीतमार्फत धम्पुस गाउँलाई देश तथा विदेशमा चिनारी गराउन पाउँदा आफूलाई गर्व लागेको गायक अधिकारी बताउँछन्। पुरा पढौ

बजारबाट २९ सयभन्दा बढी अक्सिजन सिलिन्डर फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ हजार ९ सय ६९ वटा सिलिन्डर फिर्ता ल्याएको समाचार छ। महामारीको अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मन्त्रालयले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डर फिर्ता ल्याएको हो। उद्योगहरूबाट १ हजार ८ सय ७६ र सर्वसाधारणसँग रहेको १ हजार ९४ सहित उक्त सिलिन्डर फिर्ता लिएर अक्सिजन उद्योगलाई दिइएको छ। पुरा पढौ

दुई दिनमा ५९ आन्तरिक उद्धार उडान, १०४ जनाको उद्धार

कोभिड–१९को विश्वव्यापी संक्रमणलाई ध्यानमा राखी सरकारले गत बुधबार मध्यरातदेखि आन्तरिक उडान बन्द गरेपनि बिहीबार र शुक्रबार २ दिनमा ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो। पुरा पढौ

तनहुँमा एकै दिन थपिए ६१ जना कोरोना संक्रमित

तनहुँमा नयाँ ६१ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको भानु नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, म्याग्दे गाउँपालिकामा ४, व्यास नगरपालिकामा ८, भिमाद नगरपालिकामा १९ र पालिका नखुलेका २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। भानु–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष, म्याग्दे–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, म्याग्दे–३ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै, व्यास–१ की ६० वर्षिया महिला र ३९, ४२ वर्षीय पुरुष, व्यास–३ का ५८ वर्षीय… पुरा पढौ

लमजुङमा बढ्न थाल्यो घरेलु हिंसा

चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण लमजुङ जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र ८ वटा मुद्दाको काम भइरहेको छ। गत आर्थिक वर्षमा भन्दा यस चालू आवको ९ महिनासम्ममा ४ वटा घरेलु हिंसा… पुरा पढौ