समाचार

त्रिविले तय गरेको आजको परीक्षा कायमै

सरकारले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आज (सोमबार)को परीक्षा कायमै हुने जानकारी दिएको छ। बिहान ७ बजेदेखि नै परीक्षा भएकाले रोक्न सक्ने अवस्था नरहेको त्रिविले जानकारी दिएको छ। आजका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ। त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजकोे परीक्षा सुचारु राख्ने निर्णय भएको हो।निषेधाज्ञा लागेमा के गर्ने र अबका परीक्षा के गर्ने भन्नेबारे आज दिउँसो बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको… पुरा पढौ

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उनले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गरे । “कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले… पुरा पढौ

कोरोना भाइरस : गण्डकी प्रदेशका १६३ मा संक्रमण, कास्कीमा ६ सय बढि सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा कास्की सहित ७ जिल्लाका १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ६३२ जनामा गरिएको परीक्षणमा कास्कीका ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले कोभिड–१९ सम्बन्धी अध्यावधिक गरेको विवरणमा भनिएको छ । यस्तै तनहुँका १०, नवलपुर वर्दघाट सुस्ता पूर्वका ७, म्याग्दीका ६, स्याङ्जाका ३ र पर्वतका एक जनामा संक्रमण पाइएको… पुरा पढौ

सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि हार्दिक अनुरोध पनि गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो… पुरा पढौ

मुकुन्द शरण वाङमय परिषद नेपालको अध्यक्षमा पौडेल

पोखरा । मुकुन्द शरण वाङमय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिबेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । परिषद नेपालको उपाध्यक्षमा लोकमणी पौडेल, महासचिबमा बलराम पौडेल, सचिब देबु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिबमा कालिचरण पराजुली चयन भएका छन । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा के.सी, प्रेमराज पाहारी र मोहनराज पौडेल रहेका छन । महाकाब्यकार जनारदन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीले आफनो भनाइ राखेका थिए । कार्यक्रममा… पुरा पढौ

‘भुम्दी टुनार होमस्टे’ पदयात्रा पर्यटनसँग जोडिँदै

पोखरा । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबास (होमस्टे)का माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पु¥याउने लक्ष्यका साथ क्रियाशील छन् । भुम्दी टुनार घरबासका नाममा सङ्गठित बन्दै यहाँका ११ वटा घरमा विगत एक वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले जानकारी दिए । गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोप र त्यसँगै गरिएको बन्दाबन्दीले… पुरा पढौ

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव : भोलि टेबुल, १५ गते मतदान !

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबुल हुने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सो प्रस्ताव प्रदेशसभामा टेबुल गर्ने निर्णय गरेको हो । भोलि दिउँसो २ बजेदेखि प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले संसद अधिवेशन रातारात अन्त्य गरीदिएका थिए । संसद अधिवेशन अन्त्य भएपछि कांग्रेस, माओवादीलगायतका दलले विशेष अधिवेशनको माग गरेका थिए । अविश्वासबारे मतदानको टुंगो लाग्न बढीमा तीन दिन समय लाग्ने भएको छ । १५… पुरा पढौ

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

बग्दाद। इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो । दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ । अस्पतालहरुमा औषधि र शैयाको पनि अभाव छ । उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तिब्र आक्रोश व्यक्त भएको छ… पुरा पढौ

भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

नयाँ दिल्ली। भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ । दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र… पुरा पढौ

भूकम्पकोे पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई

बलेवा। गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन् । दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गरे । उनले पनि तेस्रो किस्ताको रकम पाएका छैनन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार… पुरा पढौ