समाचार

इन्डियन प्रिमियर लिगः रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ। विहीबार राति भएको खेलमा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित दर्ता गर्दै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। १७८ र नको लक्ष्य पछ्याएको बैंग्लोरले १६.३ ओभरमै लक्ष्य पूरा गरेको थियो। बैंग्लोरका लागि कप्तान विराट कोहली र देवदत्त पडिकलले उत्कृष्ट पारि खेले। पडिकलले शतकीय पारि खेल्दा कोहलीले अर्धशतकीय पारि खेलेका थिए। शुरुदेखि नै राजस्थानविरुद्ध आक्रामक पारि खेलेका पडिकलले ५२ बलमा १०१ रनमा नटआउट रहे। उनले ६ छक्का… पुरा पढौ

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता

लमजुङमा वैशाखको आज (शुक्रबार)देखि ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ। दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेसीको भगवान् आधारभूत विद्यालयमा भोली (शनिबार) सम्म खुला रुपमा प्रतियोगिताको आयोजना गरिने भएको हो। ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले ठाडो भाकाका लागि पुरुष र महिला ३/३ जना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्ने प्रावधान राखिएको उल्लेख गरे। कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा… पुरा पढौ

स्याङ्जाको चापाकोट नगरपालिकाका संपूर्ण सेवा बन्द

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि स्याङ्जाको चापाकोट नगरपालिकाका संपूर्ण सेवा बन्द गरिएको छ। नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका संपूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए। भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये ५ जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि संपूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए। ‘नगरपालिकाअन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना… पुरा पढौ

कोरोना बीमा रकम संस्कृत पाठशालालाई प्रदान

सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन्। बागलुङ जिल्लाको सीवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत पाएको रकममध्ये २५ हजार रुपैयाँ जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन्। पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार रुपैयाँ बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्तरण गरे। सीवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष… पुरा पढौ

बागलुङको एउटै विद्यालयमा ३९ जना शिक्षक र विद्यार्थी कोरोना संक्रमित

बागलुङ नगरपालिकाको धन माध्यामिक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ जिल्ला जनस्वास्थ्य कार्यालयले ९८ जनाको स्वाव परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक/विद्यार्थीमा संक्रमण तीब्र भएपनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन। यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

समाजसेवामा छुट्टै पहिचान बनाउदै कास्की अन्तरराष्ट्रिय समाज

कास्की आदर्श समाज अन्तरराष्ट्रिय समन्वय परिषद् समाज सेवामा छुट्टै पहिचान बनाउने अभियानमा लागिपरेको छ । नेपालको कास्की जिल्लामा जन्मी यहाँ आफ्नो कर्मथलो बनाउँदै आएका कस्केलीले आफ्नो समग्र विकास गर्ने हेतुले ‘विश्वका कस्केलीहरु एक जुट हाँ भन्ने नाराका साथ सन् २०१७ मा १४ राष्ट्रमा १६ राष्ट्रिय समितिका रुपमा कास्की आदर्श सेवा समाज अन्तरराष्ट्रिय समन्वय परिषद् स्थापना गरेका हुन् । दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयनपछि समाजले सामाजिक कार्यमा सक्रिय भूमिका खेलेको छ । गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, मानवाश्रम केन्द्र, लगानी बोर्ड,… पुरा पढौ

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताए । नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियालेका थिए । पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ । नेता… पुरा पढौ

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट शृङ्खलामा नेपालको सानदार जित, मलेसिया ६९ रनले पराजित

काठमाण्डौं । नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३,… पुरा पढौ

पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाण्डौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उहाँहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गर्दै अपिलमा भनेका छन् “फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले… पुरा पढौ

पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग माग समेत गरेको छ । समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्नुपर्ने… पुरा पढौ