समाचार

अपाङ्गता श्रीमानको हेरचाह गर्ने कल्पना नै आगोमा जलेपछि …

तनहुँको म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए। पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण रुपमा अपाङ्गता बने। त्यसयता उनी ओछ्यानमा थला परेका छन्। भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आइन्। श्रीमानको रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो। घरमै पसल संचालन गरी परिवारको गुजारा चलाउँदै आएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आयो। ग्यास पड्किएर घरमा आगलागी हुँदा कल्पनाको… पुरा पढौ

कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ

पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज संचालन गर्दै आएका व्यवसायी, संचारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए। कार्यक्रम संयोजक गोपालकृष्ण संग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व… पुरा पढौ

जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा ओहायोकी हरिमाया पहिलो

ओहायो एजुकेशनल इन्स्टिच्युटकी हरिमाया गुरुङ भाषा संघ नेपाल (ल्यान) ले पोखरामा हालै आयोजना गरेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता (जापानिज स्पीच कन्टेस्ट प्रोग्राम) मा प्रथम भएकी छन्। हरिमायाले ३० हजार नगदसहित अन्य आकर्षक पुरस्कार जितेकी छन्। प्रतियोगितामा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी प्रालिका लक्ष्मण पुरी दोस्रो हुँदै नगद २० हजार सहित अन्य आकर्षक पुरस्कार हात पारे। त्यस्तै, प्रतियोगितामा नमस्ते एजुकेशन इन्स्टिच्युट प्रालिकी लक्ष्मी गुरुङ तेस्रो बन्दै नगद १० हजार सहित अन्य आकर्षक पुरस्कार हात पारिन्। पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी,… पुरा पढौ

आज वैशाख ११ गते, सुनौलो दिन अर्थात लोकतन्त्र दिवस

आज वैशाख महिनाको ११ गते अर्थात लोकतन्त्र दिवस। राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासनको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन लोकतन्त्र दिवस। २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिकासामु आजकै दिन निरंकुश राजतन्त्र अन्त्य भएको दिन। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गरेको दिनलाई हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ । ज्ञानेन्द्र शाहको सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४… पुरा पढौ

पोखरा लेकसाइडका उत्कृष्ट १० होटललाई पुरस्कार

‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियान अन्तर्गत क्यूआर कोड स्क्यानमार्फत कारोबार गर्ने पोखरा लेकसाइडका उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा ‘नगद छोडौ,ं फोन पे गरौं भन्ने नाराका साथ फोन पे प्रा.लि.सँगको सहकार्य र त्यसमा आबद्ध ५५ बैंक तथा वित्तीय संस्थाको सञ्जालमार्फत चैतको ३१ र वैशाखको १ गते डिजिटल माध्यमबाट ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियानमा उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका हुन्। पोखरा र पोखरा क्षेत्रको भ्रमणका लागि पाहूनाहरुलाई आकर्षित गर्न संचालन गरिएको प्रबद्र्धनात्मक… पुरा पढौ

करेन्ट लागेर गोरखामा एकजनाको मृत्यु

पोखरा । गोरखामा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्को तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो । ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । करेन्ट लागेर गम्भीर घाइते विकलाई… पुरा पढौ

नवनिर्मित धरहराको सुन्दरता (फोटो फिचर)

काठमाडौं । सुनधारामा नवनिर्मित धरहरा । वैशाख ११ गते शनिबार (भोलि) औपचारिक रुपमा धरहराको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर: रासस । पुरा पढौ

आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

आज अप्रिल महिनाको २३ तारिक अर्थात विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ। कोरोना जोखिम नियन्त्रणका लागि लकडाउन गरिएकाले मानिसको नजिकको साथी नै पुस्तक बनेको छ। सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्कोको महासभाले घोषणा गरेअनुसार अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने गरिन्छ। सन् १६१६… पुरा पढौ

भारतको महाराष्ट्रस्थित कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएर आइसीयूमा राखिएकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीमा परेर घाइते भएकाहरुको नजिकैका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उधृत गर्दै जनाएअनुसार घटनामा १३ जनाको मृत्यु भएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन। दुई दिनअघि मात्र महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजन लीग हुँदा २२ जनाको… पुरा पढौ

पशुपति क्षेत्रका सबै मन्दिरहरु भक्तजनका लागि बन्द, नित्य पूजा जारी

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आज (शुक्रबार)देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले हिँजो (बिहीबार) दिउँसो यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको छ। सूचना थाहा नपाएका केही भक्तजन आज (शुक्रबार) बिहानै मन्दिर पुगेका थिए। केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन्। मन्दिरका ढोका नै बन्द गरी पशुपति… पुरा पढौ