समाचार

कोरोना भाइरस : कास्कीका ५५ सहित प्रदेशभर थप ८२ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा एकै दिन ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा कारोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ४३२ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ५५, म्याग्दीका ११, नवलपरासी पूर्वका ५, स्याङ्जाका ४, तनहुँ र पर्वतका ३–३ जना र लमजुङका एक जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा पुष्टि भएका सबै पोखरा महानगरपालिकाको विभिन्न वडाका भएको निर्देशनालयले बिहीबार अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा भनिएको छ… पुरा पढौ

नवलपुर पूर्वमा छुट्टा–छुट्टै दुर्घटना, चार जना घाइते

पोखरा । नवलपरासी वर्दघाट सुस्ता पूर्वमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । बिहीबार दिउँसो साढे १ बने जिल्लाको देवचुली नगरपालिका १६ रजर बजारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्वरको ट्रकको पछाडी एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । सोही दिशातर्फ जाँदै गरेको ना ५ च १७६९ नम्वरको एम्बुलेन्स ट्रकको पछाडी ठोक्किँदा एम्बुलेन्समा सवार धादिङ घर भई हाल चितवनको भरतपुर १० बस्ने चालक राजु तामाङ, भरतपुर १० कै कल्पना सापकोटा (२२)… पुरा पढौ

व्यापक विरोध भएपछि पुलमा लगाइएको कर हट्यो

पोखरा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ । यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट… पुरा पढौ

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

पोखरा । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो । (रासस) पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस

आज वैशाख महिनाको ९ गते अर्थात नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस। स्थापना दिवसको अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर दिवस मनाउँदै छन्। ७३ वर्षअघि अर्थात २००६ साल वैशाख ९ गते नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। अप्रिल २२ मा लेनिन जन्मिएको दिनमै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। सिद्धान्ततः माक्र्सवाद र लेलिनवादलाई मूल सिद्धान्त मानेर तत्कालीन समयमा नेपाल कम्युनिष्ट… पुरा पढौ

बेनी–जोमसोम सडक वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ। विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिएका छन्। ‘म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय… पुरा पढौ

दाङका पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणबाट मृत्यु

दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । चालिस वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा सहभागी भएका थिए। चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो। घोराही उपमहानगरपालिका–१७ बेलभार… पुरा पढौ

तनहुँमा मोटरसाइकलले ठक्कर दिदाँ वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट तनहुँमा एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १७ प ८७४ नंको मोटरसाइकलले मंगलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन्। दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिएका छन्। ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर… पुरा पढौ

पूरा भयो, आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण कार्य

गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ। सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम गाउँपालिकाले नयाँ भवन निर्माण गरेको हो। तीन करोड ८ लाख ७७ हजार ४ सय ६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिएका छन्। नयाँ वर्षको शुरुवातसँगै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह समेत सुरु गरेको छ। विसं २०७६ माघ २१ गते सम्झौता भई २०७८ साउन २१ गते सम्पन्न गर्नुपर्ने म्याद रहेपनि म्याद अगावै भवन निर्माण सम्पन्न भएको… पुरा पढौ

टाईगर ग्रुपको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान

पोखरा । टाईगर ग्रुप अफ पोखरा नेपालले नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले निकालेको नयाँ वर्षको क्यालेण्डर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विमोचन गरे । टाईगर गु्रपले प्रकाशन गरेको क्यालेण्डरमा एक वर्षको अवधिमा गरेका गतिविधिसँगै पुरानो पोखरा र अहिलेको पोखराको तस्विरहरु समेत राखिएको छ ।पोखरेली कलाकार सुनिल उलकले खिचेका ५० वर्षअघिका पोखरा र अहिलेको पोखराका तस्विरहरु क्यालेण्डरमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै पोखरा महागनरका प्रमुख मानबहादुर जिसीले महानगरको नयाँ… पुरा पढौ