समाचार

१० किमी दौडको उपाधि पुरुषतर्फ तिर्थ र महिलातर्फ एपिएफकी फूलमतीलाई

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ क्लवकी फूलमती रानाले जितेका छन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतिय सेनामा कार्यरत तिर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन । त्यसै गरी पुरुष तर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो भएका छन । उनले… पुरा पढौ

त्रिदेशीय कप फुटबलमा बङ्गलादेशविरुद्ध खेल्दै नेपाल

काठमाण्डौं । काठमाण्डौंमा जारी त्रिदेशीय कपमा आज नेपालले समूह चरणको अन्तिम खेल बंगलादेश विरुद्ध खेल्दै छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी खेल शनिबार साँझ दशरथ रंगशालामा हुँदैछ । नेपाललाई आजको खेलमा बंगलादेशलाई हराउन कित बराबरीमा रोक्नै पर्ने दवाव छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ । यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र… पुरा पढौ

काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो

नेपाली काँग्रेसले आज (शनिबार) केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो। स्व. जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ। गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं… पुरा पढौ

बेनी–जोमसोम सडकमा सिधा यातायात आजदेखि बन्द

म्याग्दी । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो ।जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार… पुरा पढौ

‘प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ’

प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। पोखरा पर्यटन परिषद्ले संस्थामा आबद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको दुईदिने ‘डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया’ तालीमको समापनमा सहभागी उनीहरुले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने धारणा राखे। सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख काशिराज भण्डारीले प्रविधिले छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताए। उनले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि… पुरा पढौ

मादीमा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन

पोखरा । कास्कीको जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन् । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गरे । इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन् । पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ । पुल नहुँदा जोखिमपूर्ण… पुरा पढौ

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाण्डौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन् । यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर… पुरा पढौ

कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । आज नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री समेत रहेका नवीन्द्रराज जोशीको निधन भएपछि केन्द्रीय कार्यसमितको आकस्मिक बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । गत फागुन… पुरा पढौ

तनहुँको शुक्लागण्डकीमा प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता

तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको आयोजनामा सुरु भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय सुरुआत गरेको छ। शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बी) लाई २५–१७ र २५–१७ को सोझो सेटले पराजित गर्दै मादी गाउँपालिकाले विजय शुरुवात गरेको हो । खेलाडीलाई खेलतर्फ आकर्षित गराउन र राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा १५ पालिकाको सहभागिता छ। प्रतियोगितामा आयोजक… पुरा पढौ

चौथो विश्व नेवाः दिवस, विविध कार्यक्रमसहित नेवार समुदायले देश, विदेशमा दिवस मनाउँदै

आज मार्च महिनाको अन्तिम शनिबार अर्थात चौथो विश्व नेवाः दिवस। हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ। यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ। त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन्। नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च… पुरा पढौ