कोभिड–१९ का कारण विश्व नै आक्रान्त बन्यो। मान्छेले मान्छेलाई देख्दा भाग्नुप¥यो। एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो। व्यापार, कलकारखाना, उद्योग धन्दा, विद्यालय, यातायातलगायतका सबै ठप्प भए। यो काहाली लाग्दो समय पार गर्दै अहिले पुनः सबै क्षेत्रमा चहलपहल बढ्न थालेको छ। ‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हँदै गएपछि होटल व्यवसायी खुशी भएका छन्। बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार एकाईका सभापति एवं होटल व्यवसायी बैश गुरुङले…
पुरा पढौ