समाचार

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेटको उपाधीका लागि जनकपुर र चितवन भिड्ने

पोखरा । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधीका लागि जनकपुर क्रिकेट क्लव र चितवन क्रिकेट क्लव भिड्ने भएका छन् । सोमबार भएको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरालाई १० विकेटले तथा चितवनले पेलिगेण्ट्स क्रिकेट क्लवलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन् । पहिलो सेमिफाइनलमा चितवनले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पेलिगेण्ट्स १ सय ६ रनमै समेटिएको थियो । चितवनको पारीमा साकार ढकालले… पुरा पढौ

उच्च पदमा महिला पुग्दैमा महिला हिंसा रोकिदैन !

महिला अधिकारकर्मी तथा महिला नेतृहरुले राज्यको उच्च पदमा महिला पुग्दैमा महिला हिंसा नरोकिने बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति कास्कीको आयोजनामा सोमबार पोखरामा भएको कार्यक्रममा महिला अधिकारकर्मी तथा नेतृहरुले एकाध महिला राज्यको उच्च पदमा पुग्दैमा महिला हिंसा नरोकिने बताएका हुन् । कार्यक्रममा बोल्दै अनेमसंघकी केन्द्रीय संयोजक अमृता थापा मगरले महिला हिंसा न्यूनिकरणमा राज्यले प्रभावकारी कदम नचालेको गुनासो गरिन् । महिला हिंसा न्यूनिकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैपनि सकारात्मक नभएको उनको आरोप छ । एकाध महिला… पुरा पढौ

एभरेस्ट मिडिया प्रालिद्वारा श्रमिक महिलाको सम्मान : तरकारी, फलफूल खरिद गरेर अन्तरक्रिया आयोजना

एभरेस्ट मिडिया प्रालिले सोमबार श्रमिक महिलाको सम्मानमा उदाहरणीय कार्य गरेको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा डोकोमा बेच्न राखेका तरकारी तथा फलफुल खरिद गर्नुका साथै उनीहरुलाई अन्तरक्रियामा सहभागि गराउँदै समाजमा उदाहरणीय कार्य गरेको हो । कार्यक्रमको एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । एभरेस्ट मिडिया हाउसका नारी दिवसको अवसरमापनि श्रम गर्न बाध्य भई डोकोमा तरकारी, साग, फलफुल, मकैलगायतका सामान खरिद गरेको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

शिवरात्रीको अवसरमा शिवसेनाले पोखरामा साँस्कृतिक महोत्सव गर्ने

पोखरा । महाशिवरात्रीको अवसरमा शिवसेना नेपाल पोखराले एकदिने धार्मिक तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । महाशिवरात्रीको दिन अर्थात् २७ गते बिहीबार पोखराको बागलुङ बसपार्कमा उक्त महोत्सव गर्न लागिएको शिवसेना नेपाल कास्कीका अध्यक्ष प्रदिप खड्गीले जानकारी दिए । बिहान ११ बजे उद्घाटन हुने उक्त कार्यक्रममा विभिन्न भेषभुषासहितको मौलिक नृत्य, शिव ताण्डव, लाखे नाँच प्रदर्शन गरिनुका साथै आमा समूहद्वारा भजनकीर्तन पनि गरिने उनले जानकारी दिए । साँझ ६ बजे शिवधुनी बाल्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित भक्तालुजनलाई साँझ साढे ६… पुरा पढौ

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (सोमबार) विहान स्थायी कमिटी बैठक बोलाएको छ।बैठक विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्। सर्वाेच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा… पुरा पढौ

तनहुँमा खोप अभियान सुरु, २ चरणमा ९४ खोप केन्द्रबाट १५ हजार बढीलाई खोप लगाइदैँ

तनहुँमा आइतबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले फागुन २३ गतेबाट २७ गतेसम्म र २८ गतेबाट चैत २ गतेसम्म गरी दुई चरणमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको हो। कार्यालय प्रमुख शंकरबाबु अधिकारीले कोभिड–१९ विरुद्धको खोप अभियान २ चरणमा गरी सञ्चालनको तयारी गरिएको जानकारी गराए। प्रमुख अधिकारीले तनहुँमा दोस्रो चरणको खोप अभियान अन्तर्गत १० स्थानीय तहका ६५ वर्ष उमेर समूहका करिब १५ हजार भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्य राखिएको बताए। फागुन २३ देखि… पुरा पढौ

पत्रकार श्रीराम सिग्देललाई पहिलो ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’

पत्रकार श्रीराम सिग्देल प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुने भएका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो। लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ। सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत हुन्। आगामी फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ। संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको… पुरा पढौ

तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा २ सय विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष २ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्न लागिएको हो। क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको क्याम्पसले अन्तरवार्ता शुरु गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए। अन्तर्वार्तामा कक्षा ११ का १ सय ७५ र कक्षा १२ का ९५विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ। क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि… पुरा पढौ

आज ८ मार्च अर्थात १११ औं अन्तराष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरी दिवस मनाइँदै

आज, मार्च ८ तारिक अर्थात १११ औं अन्तराष्ट्रिय नारी दिवस। विविध कार्यक्रम गरी विश्वभर नारी दिवस मनाइँदैछ। नेपालमा पनि साताव्यापी रुपमा नारी दिवस मनाइँदैछ। यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित नेपालमा नारी दिवस मनाइँदैछ। नारी दिवसलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाइने गरिन्छ। नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो।… पुरा पढौ

लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । लागूऔषध सहित पोखराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० पावर हाउसबाट पोखरा–२९ मुसेटुँडाका प्रकाश अधिकारी र सोही स्थानका राजकुमार मगरलाई लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले उनिहरुका साथबाट डाईजापाम– २३ एम्पुल, फेनेरागन– २६ एम्पुल र नुर्फिनुर– ४९ एम्पुल गरी जम्मा ९८ एम्पुल बरामद गरेको विज्ञप्ती मार्फत जनाएको छ । पक्राउ परेका उनिहरुलाई लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप… पुरा पढौ