समाचार

दाङका नन्दु घर्ती पोखरमा मृत फेला

पोखरा । दाङका नन्दु घर्ती पोखरामा मृत फेला परेका छन् । दाङको लमही घर भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएका घर्ती सोही स्थानको मौजास्थित कच्ची सडक खण्डको नालामा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अन्दाजी ३६ वर्षिय घर्ती सो सडकखण्डमा काम गर्दै आएका थिए । पुरा पढौ

म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा, १७ फागुन । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम आज सार्वजनिक गरिएको छ । घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामा आइतबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् । समाजले देश तथा विदेशका विभिन्न सहयोगदाताहरुबाट पाँच लाख ५८ हजार ८७९ रुपैयाँ खड्काको उपचारार्थ संकलन गरेको समाजका उपाध्यक्ष गोकर्ण बरुवालले जानकारी दिए । प्यानक्रियाजको समस्याका कारण पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत खड्काको उपचारमा हालसम्म… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये… पुरा पढौ

पोखरामा पहिलोपटक मित्रमिलन सहकारीद्धारा क्युआर कोड सेवा सञ्चालन

पोखरा । मित्र मिलन सहकारीले पोखरामा पहिलोपटक क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रा.ली. सँगको सहकार्यमा सदस्यहरुलाई क्यु आर कोड सुविधा सुचारु गरेको हो । आज एक कार्यक्रमका विच ईन्फोडेभलपर्स प्रा.ली पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्यु आर् कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुचारु भएको छ । सहकारी क्षेत्रमा विभिन्न नविनतम प्रविधि भित्राएको ईन्फोडेभलपर्स प्रा.ली का शाखा प्रमुख आचार्यले सहकारले… पुरा पढौ

पोखराका १५ सहित १८ जनामा कोरोना भाइरस संक्रमण

पोखरा । पोखराका १५ जना सहित गण्डकी प्रदेशमा सोमबार दिउँसोसम्म थप १८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका विभिन्न वडाका १५ जना सहित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २ र लमजुङको मध्यनेपाल नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५९ पुगेको छ । पुरा पढौ

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका बस्ने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । पुरा पढौ

कालिका दर्शन वर्ष अभियान शुरु

गलकोट। बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान शुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ । मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ । उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान शुरु भएको कालिका मन्दिरले जनाएको छ अन्तक्र्रिया कार्यक्रममा… पुरा पढौ

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

वासिङ्टन। अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ । अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति… पुरा पढौ

मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका यहाँका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महशुस गरेका हुन् । ‘मालुङ्गा चिदेपानी खानेपानी योजना’अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । “साविकको मालुङ्गा गाविसका वडा नं १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो, वडाध्यक्ष बस्यालले भने, “गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या… पुरा पढौ

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौँ। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि-मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन- चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन-चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको… पुरा पढौ