समाचार

पाचोक गाउँमा पुग्यो बिजुली

लमजुङ। दोर्दी गाउँपालिका –५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राविधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी दिए । उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा… पुरा पढौ

ग्रामीण क्षेत्रमा सडक कालोपत्रे

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन । बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकामबाहिर पहिलोपटक सडक कालोपत्रे भएको छ । रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले रु एक करोड… पुरा पढौ

यस वर्ष नहुने भो, लेखनाथ उवासंघको अधिवेशन र साधारणसभा

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशन तथा २५ औं वार्षिक साधारणसभा यस वर्ष नहुने जनाइएको छ। संघको हालै बसेको कार्यसमितिको बैठकले यस वर्ष उवासंघको अधिवेशन र साधारणसभा नगर्ने सर्वसम्वत सर्वसम्मत निर्णय गरेको हो। बैठकले आगामी भदौ १८ र १९ गते अधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको हो। संघको संशोधित विधान अनुसार एक वर्ष नवीकरण भएका सदस्यहरुले मात्र निर्वाचन कार्यक्रममा भाग लिन पाउने व्यवस्था भएको हुँदा यहि २०७७ चैत मशान्तभित्र संघमा प्राप्त नयाँ सदस्यहरुले पनि निर्वाचन कार्यक्रममा भाग लिन पाउने… पुरा पढौ

पोखरा महानगरको प्रज्ञा प्रतिष्ठानमा कुलपति ढकालसहित ७ सदस्यहरु नियुक्त

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पद्मराज ढकाल नियुक्त भएका छन्। महानगरले आफ्नो प्रज्ञा प्रतिष्ठानमा कुलपति ढकालसहित ७ जना सदस्यहरु नियुक्त गरेको हो। सदस्यहरुमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक छन्। उपकुलपति चुनिन भने बाँकी छ। महानगरका मेयर मानबहादुर जिसीले नवनियुक्त कुलपति ढकालसहित सदस्यहरुलाई बुधबार नियुक्ति दिएका हुन्। प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८… पुरा पढौ

प्राडा बुद्धिबहादुर थापा तनहुँ रत्न सम्मान पुरस्कारबाट सम्मानीत हुँदै

प्राडा बुद्धिबहादुर थापा आज (बिहीबार) तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट सम्मानित हुँदैछन्। तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार राशी १० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । समाजको स्थापना भएको दिन फागुन १३ आज (बिहीबार) सो पुरस्कारबाट प्राडा थापा सम्मानीत हुँदैछन्। तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट नगदसहित सम्मान गरिने समाजले जनाएको छ। प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

बेइजिङ १२ फागुन । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् । यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् । पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक… पुरा पढौ

दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताए । आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने… पुरा पढौ

सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए । योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मङ्गलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् । उनले मन्त्रालय र कोभिड–१९ सङ्कट… पुरा पढौ

चार लाख २९ हजारले लगाए खोप

काठमाण्डौं । सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए । सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो… पुरा पढौ

‘भवितव्य’ भनिएको घटना हत्या

मोरङ । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले… पुरा पढौ