समाचार

प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गरेका शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् । शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी… पुरा पढौ

कामदारले ज्याला पाएनन्

बागलुङ।गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा पूरा भएको थियो । कामदारसहित व्यापारी, होटल व्यवसायीसमेतले भुक्तानी नपाएको स्थानीयवासी उमेश विकले बताए । “हामी ५०-५५ जना पीडित छौँ, पाँच-सात जना व्यवसायी र अरु सबै गाउँका कामदार छन्”, उनले भने। आफैँ भवन निर्माण खटिनुभएका वडाध्यक्ष तिलक पुनले निर्माण कम्पनीबाट सबैले गरी… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटः आजदेखि निवेदकको जवाफ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज (शुक्रबार)देखि रिट निवेदकले जवाफ दिने भएका छन्। कानून व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो। आज (शुक्रबार) रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन्। रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको… पुरा पढौ

आईपीएल अक्सनः नेपालबाट सन्दीप मात्रै छानिए

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने मात्रै छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेपनि उनी मात्रै छनौटमा परेका हुन्। अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ। अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो। पुरा पढौ

चीनमा बीबीसीको प्रसारणमाथि रोक

चीनले बीबीसी वल्र्ड न्युजको प्रसारण बन्द गरिदिएको छ। बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो। चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। एजेन्सी पुरा पढौ

तीन वर्षको जेल बसाइपछि साउदी अधिकारकर्मी लुजैन रिहा

तीन वर्षको साउदी अरेबियाली प्रसिद्ध राजनीतिक अभियन्ता लुजैन अल हाथलुल बुधबार रिहा भएकी छन्। देशको मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा हल्ला फिँजाएको भन्दै २०१८ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो। लुजैन तिनै अभियन्ता हुन् जसको अभियानसँगै साउदी अरेबियामा महिलाका लागि सवारी चालक अनुमतिमाथिको बन्देज फुकुवा गरिएको थियो। उनलाई २०१८ मा पक्राउ गरी आतंकवाद कानुन अन्तरगत ६ वर्षका लागि जेल सजाय तोकिएको थियो। तर, उनीमाथिको मुद्दा राजनीतिक रुपमा प्रेरित भएको भन्दै अधिकार समूहहरुले विरोध जनाएका थिए। बुधबार लुजैनको रिहाइबारे साउदी अधिकारीहरुले भने… पुरा पढौ

आज सोनाम (ग्याल्पो) ल्होछार, सार्वजनिक विदा

आज माघ शुक्ल प्रतिपदा अर्थात सोनाम ल्होछार। यो दिन तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार। ‘ल्हो’ वर्ष अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ। अर्थात्, तामाङ जाती तथा समुदायको नयाँ वर्ष। तामाङ समुदायको आजको दिन पुरानो वर्षलाई विदा गरेर नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले यस दिनमा विविध कार्यक्रम गरी हर्साेल्लाससाथ सोनाम ल्होछार मनाउँछन्।आजको दिनलाई ग्याल्पो ल्होछार रुपमा पनि मनाइने गरिन्छ। शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ। हिमाली क्षेत्रको उच्च भूभाग तथा यसको आसपासमा भेगका… पुरा पढौ

महिलातर्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी

पोखरा । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौँ विजयी भएका छन् । यसैगरी पुरुषतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ न्यू डाइमण्डले नेपाल पुलिसलाई ३–१ सेटमा जीत हात पार्न सफल भयो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू डाइमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६… पुरा पढौ

पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने

पोखरा । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु चार हजार ५००… पुरा पढौ

लमजुङको दोर्दीमा जीप दुर्घटना, तीनको मृत्यु

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ ५ः१५ बजे उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु… पुरा पढौ