समाचार

टाइगर कप भलिबलको फाइनल आज

पोखरामा पहिलो पटक आयोजना गरिएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको फाइनल खेल आज (शनिबार) पोखरा रंगशालामा हुँदैछ। उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ दुई विभागीय एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखी पोखरा रंगशालास्थित भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा पराजित गरी अंक तालिकाको शीर्ष स्थानमा… पुरा पढौ

कास्कीका ७२ पालिकामा ३९ लाख बराबरको छात्रवृत्ति वितरण हुँदै

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ७२ वटामा छात्रवृत्ति रकम वितरण गर्ने भएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाका ५ पालिकाका ७२ वटामा गरी ३९ लाख रुपैयाँ बराबरको ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिने भएको हो । प्रतिष्ठान अध्यक्ष हरिप्रसाद पाण्डेले आफ्नो कर्म जिल्ला कास्कीको पोखरा महानगरपालिकासहित माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका सबै वडा समेट्ने गरी प्राविधिक विषय पढ्ने प्रतिविद्यार्थी ५० हजार रुपैयाँको छात्रवृत्ति वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार यसरी ७२ वडामा ५० हजार दरले ३६ लाख… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप एक सय २७ सङ्क्रमित

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या… पुरा पढौ

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

काठमाण्डौं । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताएकी छन् । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भनिन् । माया गर्ने सम्पूर्ण जोडीका लागि यो… पुरा पढौ

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री थापा

काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकोमा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने… पुरा पढौ

देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए । उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख… पुरा पढौ

आर्वाको मणिदिपमा निर्मित महाकाली मन्दिरका चन्दादातालाई सम्मान

पोखरा । पोखरा महानगरपालिका वडानं १३ आर्वा स्थित नागेस्वर महादेव मन्दिर विकास समितिद्वारा मणीदिपमा निर्माण सम्पन्न भयको प्रसिद्ध महाकाली मन्दिरको उद्घाटन तथा चन्दादाता सम्मान कार्यक्रम एक भब्य समारोह का बिच सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । मन्दिर उद्घाटन तथा चन्दादाताहरुलाई सम्मान गर्दै कार्यक्रम का प्रमुख अतिथि मेयर जिसीले जनस्तरबाट चन्दा संकलन गरी स्थानीय ले यति ठूलो काम गरेको मा धन्यवाद दिय ।महानगरपालिका ले अब यस मन्दिर परिसरमा अन्य संरचना… पुरा पढौ

तनहुँमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई घाइते

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार शुक्लागण्डकी नगरपालिका–६ को मिलनडाँडास्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा दुई जना घाइते भएका हुन् । भिमादबाट खैरेनीटारतर्फ जाँदै गरेको लु ३० प ९७८६ मोटरसाइकले ग ८ प ५५२५ को स्कुटरलाई बाटो काट्ने क्रममा ठक्कर दिंदा मोटरसाईकल चालक पाल्पाको रामपुर नगरपालिका–२ का १९ वर्षका बल बहादुर थापा र स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ का २५ वर्षिय देवेन्द्र पौडेल घाइते भएका हुन् । घाइतेहरुलाई थप उपचारका लागि… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोलि, खुल्ला म्याराथनमा १९३ र महिलातर्फ २१ जना दौडिने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलि फागुन १ गते शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन् । ‘पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता शुरु भएको छ’ भन्ने ब्यानर वाचन गरेर मुख्यमन्त्री गुरुङले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने… पुरा पढौ

अदालतको आदेशपछिपनि माछापुच्छ्रेमा रोकिएन अवैध उत्खनन् : रोक्न खोज्दा युवक पिटिए

पोखरा । अदालतको आदेशपछि पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवैध उत्खनन् रोकिएको छैन । उच्च अदालत पोखराले अवैध उत्खनन् रोक्न आदेश दिएपनि माछापुच्छ्रे गाउँपालिकामा भने अवैध उत्खनन् गर्ने क्रम नरोकिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने माछापुच्छ्रे गाउँपालिकाको नदी घाटहरुबाट गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन्मा अदालतले रोक लगाएपनि स्थानिय ठेकेदारले भने निरन्तर काम गरिरहेको पाइएको हो । एक्याप क्षेत्र भित्रबाट नदीजन्य पदार्थ सामग्री निकाल्नेगरी गाउँपालिका र स्थानिय ठेकेदारबीच ठेक्का सम्झौता भएपछि सो विरुद्धमा उच्च अदालत पोखरामा दर्ता परेको थियो… पुरा पढौ