समाचार

कोरोनाबाट भारतमा शनिबार ७८ जनाको मृत्यु

नयाँदिल्ली। शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ । गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड आठ लाख २६ हजारभन्दा बढी पुगेको छ । विगत २४… पुरा पढौ

उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो । कटुवाल सङ्घको यसअघिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष थिए। वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भएका छन् ।सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट… पुरा पढौ

आजदेखि मौसम सफाः काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताए । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ । काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले… पुरा पढौ

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

काठमाडौँ।पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र… पुरा पढौ

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन : प्रदेश प्रमुख शेरचन

गण्डकी। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए । विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख… पुरा पढौ

‘ऊर्जा नै समृद्धिको आधार’

पोखरा।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताए । “हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ”, मन्त्री रायमाझीले भने “स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी… पुरा पढौ

हिउँले सेताम्मै ढाकियो गोरखाको सिङ्गो लाप्राक गाँउ

गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँमा बाक्लो हिउँ परेको छ। एनआरएनएले बनाइदिएका घर हिमपातपछि सेत्ताम्मे देखिएका छन्। गुप्सीपाखा २ हजार ७ सय मिटर उचाईमा छ। शुक्रबार र शनिबार यहाँ हिमपात भएको थियो। ०७२ को भूकम्पपछि लाप्राकीलाई एनआरएनएले यहाँ २ कोठाका घर बनाइदिएको छ। तर लाप्राकीहरू पुरानो गाउँ छाडेर यहाँ बसोबास गरिसकेका छैनन्। शौचालय, नालीजस्ता पूर्वाधार निर्माणका काम सकिएका छैनन्। यहाँ एकै ठाउँमा करिब ६ सय घर छ। पुरा पढौ

भोलिदेखि पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप

सरकारले प्राथमिकताका साथ पत्रकारहरुलाई पनि कोरोनाविरुद्धको खोप उपलव्ध गराउने भएको छ। कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गराउने काममा सक्रिय रहेका पत्रकारलाई खोप उपलब्ध गराउन लागेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकताको सूचीमा पत्रकारलाई पनि थपेका हुन्। आवश्यक प्रक्रिया पूरा गरेर सोमबारबाट खोप केन्द्रहरुबाट पत्रकारहरुलाई खोप लगाउन थालिने सञ्चार मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको जानकारी दिए। उनका अनुसार सूचना विभागद्वारा वितरित… पुरा पढौ

सैन्य कू को विरोधमा म्यान्मारमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन, इन्टरनेट बन्द

म्यान्मारमा सैन्य कू विरोधमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन गरिएको छ। ठूलो संख्यामा विरोध प्रर्दन निकालिएपछि त्यहाँ अहिले इन्टरनेट सेवा बन्द गरिएको छ। विरोध प्रदर्शनका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा समेत बन्द गरिएको हो। गत फेब्रुअरी १ मा त्यहाँ भएको कू सँगै इन्टरनेट सेवामा आंशिक रोक लगाइएको थियो। यसअघि नै फेसबुकमा समेत प्रतिबन्ध लगाइकेको छ। त्यहाँ विरोध प्रदर्शन भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए। प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी… पुरा पढौ

राष्ट्रिय महिला लिग फुटबलः रश्मीको ह्याट्रिकमा आर्मीको सहज जित

रश्मी घिर्सिङको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डी नगरपालिकाविरुद्ध फराकिलो जित हात पारेको छ। शनिबार भएको दोस्रो चरणको पहिलो खेलमा दोस्रो स्थानमा रहेको आर्मीले चौदण्डीगढीलाई ९–० ले पराजित गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिर्सिङले ४ गोल गरिन्। यस्तै, शर्मिला थापाले २ तथा भुजङ्गा राई र अन्जली वाइवाले १÷१ गोल गरे। आर्मीले १ गोल आत्मघाती उपहार पाएको थियो। पहिलो हाफमा ३ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल गरेको हो।… पुरा पढौ