म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको विवाद व्यवस्थापन गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय सङ्गठनहरुले आइतबार म्याग्दीको बेनीमा आयोजना गरेको विरोधसभामा उनले प्रधानमन्त्रीको कार्यशैलीका कारण देशमा सङ्कट निम्तिएको टिप्पणी गरे । “तीनपटक बजेट ल्याउँदा होस् या ओम्नी, यति, वाइडबडी जहाज खरीदको विवादित विषयमा प्रतिपक्षको दबाबबीच हामीले प्रधानमन्त्रीलाई अप्ठ्यारो अवस्थामा साथ दिएकै थियाँै”, पौडेलले भने, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर…
पुरा पढौ