पोखरा । पोखरास्थित तालबाराही मन्दिर पुनर्निर्माण अभियानलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति तथा फेवासिटी हस्पिटलका संस्थापक अध्यक्ष प्रा. डा. बुद्धिबहादुर थापाले आर्थिक सहयोग गरेका छन्। उनले मन्दिर पुनर्निर्माणका लागि रु. १,०१,१११ सहयोग प्रदान गरेका हुन्। थापा स्वयं मन्दिर पुनर्निर्माण समितिको सचिवालयमा उपस्थित भएर रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा फेवासिटी अस्पताल प्रालिका अध्यक्ष सर्वजित अधिकारी, सञ्चालक हरि केसी, दिनेशबाबु खड्का, डा. सुरेश थापा तथा ग्यास्ट्रो टेक्निसियन कपिल सिग्देललगायतको उपस्थितिमा सम्पन्न भएको थियो। मन्दिर पुनर्निर्माण समिति अध्यक्ष परशुराम पहारीको अध्यक्षतामा आयोजित…
पुरा पढौ