समाचार

भारततिर लैजाँदै गरिएका मूर्ति बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताउनुभयो । बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालय बुझाइने छ । उहाँका… पुरा पढौ

परिणाममुखी काम गर्ने पर्यटनमन्त्री ढकालको दृढता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास… पुरा पढौ

लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो । बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का बासिन्दाको सहजता र पर्यटक आकर्षणका लागि बनाइएको नेपालकै लामो झोलुङ्गे पुल आफ्नै लयमा लच्किरहेको थियो । दिउँसो हरेक दिन भीड लाग्ने सो पुलमा शनिबारको दिन थप भीड हुन्छ । लामो पुलको सुन्दरता दिउँसो जति धेरै छ, त्यसभन्दा धेरै राति देखिन थालेको छ… पुरा पढौ

प्रदेश १ मापनि अविस्वासको प्रस्ताव दर्ता

नेकपामा आएको विभाजनसँगै प्रदेश १ मापनि त्यसको असर देखिएको छ । विभाजनको प्रभाव स्वरुप प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आईतबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविस्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । हालका मुख्यमन्त्री शेरधन राई ओली पक्षीय हुन् ।अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन् भने समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन् । अविस्वास प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे… पुरा पढौ

प्रदेश प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान

प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौँे तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका… पुरा पढौ

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ… पुरा पढौ

प्रदेश १ का दाहाल–नेपाल पक्षका तीन मन्त्रीले दिए राजीनामा

प्रदेश १ का तीन मन्त्रीले राजीनमा दिएका छन्। नेकपाको दाहाल–नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए। तर, मन्त्री गजमेरले त्यसलाई अस्विकार गरेर दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी हुन्। आज (आइतबार) प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल पक्षको तयारी रहेको बताइएको छ।… पुरा पढौ

प्रधानमन्त्री कप : कर्णालीमाथि एपीएफको सहज जित

साविकको विजेता एपीएफले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा रहेको विभागीय टोली एपीएफले शनिबार भएको दोस्रो खेलमा कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो। लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २३५ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै अलआउट बन्यो।कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन नै कर्णालीको इनिङ्समा व्यक्तिगत उच्च… पुरा पढौ

प्रधानमन्त्री कप : उद्घाटन खेलमा लुम्बिनीको जित

दाङको लमहीमा महिला प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित हरायो। ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.१ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो। लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक नटआउट २३ रनको योगदान गरिन्। उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाइन्। यस्तै, सरस्वती घर्तिमगरले २२ रन बनाइन्।११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता… पुरा पढौ

चिनियाँ उच्च प्रतिनिधि आज काठमाडौं आउँदैछन्

उत्तरी छिमेकी चीनका उच्च अधिकारी आज (आइतबार) काठमाडौं आउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो। नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो।’ उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ। तर, भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन। यसअघि, चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी… पुरा पढौ