समाचार

प्रवद्र्धनात्मक कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायी ढोरपाटनमा

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायीको टोली ढोरपाटन पुगेको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तरक्रियामा वक्ताहरूले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औंल्याए । तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताल… पुरा पढौ

ओलम्पिक तयारीका लागि पोखरामा महिला भारोत्तोलन खेलाडीहरु

यतिबेला, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि महिला भारोत्तोलनका खेलाडीहरु प्रशिक्षण लिन पोखरामा छन्। जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा सहभागिता जनाउने महिला भारोत्तोलन खेलाडी थप तयारीका गर्न वन्द प्रशिक्षणका लागि पोखरा आएका हुन्। ओलम्पिकमा सहभागिता जनाउन जाने खेलाडी कमला श्रेष्ठ र सञ्जु चौधरी तथा प्रशिक्षक सञ्जय महर्जन वन्द प्रशिक्षणका लागि पोखरा आएका छन्। नेपालको महिला भारोत्तोलन खेल इतिहासमै पहिलो पटक नेपाली महिला टोलीले ओलम्पिकमा सहभागिता जनाउने छन्। नेपालले स्कलरिसीपमार्फत जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका हुन्। १३ औं सागमा स्वर्ण पदक… पुरा पढौ

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेश पनि सेमिफाइनलमा

महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पनि सेमिफाइनलमा स्थान बनाएको छ। दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले लगातार दोस्रो जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनमा स्थान बनाएको हो। प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले आइतबारको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको थियो। खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो। प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन,… पुरा पढौ

महिला प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले महिला प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। दाङमा जारी प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो। आइतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ सेमिफाइनल पुगेको हो । देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो। टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक ठूलो… पुरा पढौ

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

काठमाण्डौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी… पुरा पढौ

संसद् पुनस्थापना हुँदैन : मन्त्री गुरुङ

तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनस्र्थापना नहुने दाबी गरेका छन् । अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुने उनले बताए । तनहुँको भिमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आज शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताए । \“पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियो। त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर… पुरा पढौ

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिए । पुरा पढौ

प्रधानमन्त्री ओली निरंकुताको मतियार : केन्द्रीय सदस्य ठकुरी

पर्वत । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मामा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताए । उनले केपी शर्मा ओली निरंकुताको मतियार रहेको… पुरा पढौ

भिटोफद्वारा प्रकृति र संस्कृतिका विविधताको उपयोगमा जोड

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामिण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत शनिबार बाग्लुङको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँकोटस्थित शिवधुरी सामूदायिक होमस्टे र गलकोट नगरपालिका वडा नं ११ स्थित रिघा सामूदायिक होमस्टेमा गरिएका अन्तरक्रियामा वक्ताहरूले नेपालमा ग्रामिण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए… पुरा पढौ

डाक्टर्स गाउँलेमार्फत् मणिपालका विद्यार्थी गाउँगाउँमा

ग्रामिण भेगमा बसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवस्यकिय स्वास्थ्य जानकारी दिनका लागि मनिपाल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।मणिपाल शिक्षण अस्पतालमाअध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्वारा २०७५ सालमा स्थापना गरिएको सो संस्थाले हृदयघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोगलगायतका विभिन्न रोगको बारेमा आवस्यक सेवा दिईसकेको छ ।संस्थाका प्रचारप्रसार संयोजक राहुल गोईतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा रजानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना… पुरा पढौ