समाचार

शनिबार थपिने संक्रमित भन्दा निको हुने धेरै

मंसिर ६ काठमाण्डौ । नेपालमा शनिबार थपिने कोरोना संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा दुई हजार तीन सय २३ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा एक हजार ६ सय ७४ जनामा नयाँ सङ्क्रमण पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो । यो सहति नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८… पुरा पढौ

पोखराका थप ७ जनामा कोरोना संक्रमण

मंसिर ६ पोखरा । पोखराका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ५ पुरुष र २ महिलामा कोरोना पाइएको हो । संक्रमण हुनेमा पोखरा–३ का एक जना ४, १० र ११ का दुई–दुई जना जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ । पुरा पढौ

पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु

मंसिर ६ पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार थप २ जनाको मृत्य भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा, कोभिड–१९ केन्द्रमा उपचाररत पोखरा र पर्वतका एक–एक जना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१३ का ७९ वर्षिय पुरुषको गएराति ११ : ३० बजे मृत्यु भएको हो । उनमा कोभिडा सहित निमोनिया, उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा गत कार्तिक २८ गते… पुरा पढौ

पोखरामा ४९ सहित गण्डकीमा शनिबार दिउँसो थपिए १०२ कोरोना संक्रमित

पोखरामा ४९ सहित गण्डकी प्रदेशमा शनिबार १०२ जना नया कोरोना संक्रमित थपिएका छन् । शनिबार दिउँसो सम्ममा कास्कीको पोखरामा ४९ सहित गण्डकीमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विहान जारी गरेको पहिलो विज्ञप्तीमा ३३, दोश्रोमा १२ र तेश्रोमा ४ गरेर पोखरामा ४९ जना नया संक्रमित थपिएको उल्लेख छ । गण्डकी प्रदेशको नवलपुरमा १३ जना, स्याङ्जा ४, तनहुँमा २३, म्याग्दी २ र पर्वतमा २ जना कोरोना संक्रमित थपिएको जनाइएको छ । पुरा पढौ

नेउवामहासंघको चुनाव : ६३ पदका लागि १ सय २५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरु तीब्र प्रचार अभियानमा जुटेका छन्। वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन्। महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ। वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन्। महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानअनुसार… पुरा पढौ

वर्ल्ड पावरलिफ्टिङ–२०२० प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागि हुने

भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा पोखराका ४ खेलाडीसहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । डिसेम्बर ४ तारिखदेखि ७ तारिखसम्म हुने सो प्रतियोगितामा पोखराका ४ सहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सहभागि हुने मध्ये ४ खेलाडी पोखराका हुन् भने १ जना महिला सुर्खेतकी हुन् । पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५… पुरा पढौ

आफ्नै घरेलु मैदानमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना

नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा आफ्नै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको हो। तर, कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन। अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ। यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ। फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले यकिन मिति तय गरिएको छैन। नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग २ वटा मैत्रीपूर्ण… पुरा पढौ

विश्वभर सबै भन्दा बढी अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दो

विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ। अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।यसैगरी, एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ। योसँगै अमेरिकामा कूल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ। संक्रमणकै कारण अमेरिकामा हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकापछि भारत संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ। भारतमा पछिल्लो… पुरा पढौ

अमेरिकी दुई कम्पनीले बनायो कोभिड विरुद्धको खोप

अमेरिकी दुई कम्पनीले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका छन्। अमेरिकाको फाइजर र त्यसको साझेदार बायोन टेकले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका हुन्। कोभिड विरुद्धको खोप स्वीकृतिका लागि ती दुईवटा अमेरिकी कम्पनीले आवेदनको तयारी समेत थालेको बताएको छ। कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका हुन्। फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेको बीबीसीले जनाएको छ। उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग (एफडीए )… पुरा पढौ

यस वर्षको राष्ट्रिय कविता महोत्सव मंसीरको २९ गते

यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसीरको २९ गते काठमाडौँमा आयोजना गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको जनाएका छन्। प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो। प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार… पुरा पढौ