समाचार

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन,त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह

बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको रक्तदानमा ५८ युनिट रगत संकलन

पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ। लायन्स क्लब पोखरा चौतारीको समन्वय र पोखरा हेल्पिङ ह्यान्ड्सको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता गरेका चिप्लेढुङ्गा सिद्धार्थ चोक व्यवसाय समितिका अध्यक्ष दुर्गा सुनारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । उनले संस्थाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीहरूको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर प्रशंसनीय कार्य गरेको बताए। कार्यक्रममा… पुरा पढौ

बेगनासको ब्रान्डिङ गर्न छैटौँ फिस फेस्टिभल हुने

पोखरा, २४ असोज । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा… पुरा पढौ

घटस्थापना एवम् पाँचौं बार्षिकोत्सवको अवसरमा गुरुङ गहना घर न्यूरोडले आइतबार रक्तदान कार्यक्रम गर्ने

पोखरा । गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। असोज २५ गते आइतबार बिहान ७ः३० बजेदेखि गुरुङ गहना घरको परिसर, न्यूरोडमा रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजक गुरुङ गहना घरका संचालक सिमा गुरुङले जानतारी दिनुभयो । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई आह्वान गरेको छ। रक्तदान जीवनदान भएकाले अभियानमा सहभागी भई आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन सहयोग पुर्‍याउन सकिने आयोजकको विश्वास छ।१७… पुरा पढौ

तेस्रो पर्वतीय दौडको उपाधि पुनः नरेन्द्रले जिते,राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदार सम्मानित

तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार… पुरा पढौ

कास्कीका डा.पुष्पा केसी भण्डारीसहित १३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

कास्कीका डा.पुष्पा केसी भण्डारीसहित १३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जना गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। मनोनित हुनेमा महिलातर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी र डा. पुष्पा केसी भण्डारी छन् । त्यस्तै पुरुषतर्फ तेजमान कन्दङ्वा, टङ्क आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी र अन्य पार्टीबाट… पुरा पढौ

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने

कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो।परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ। घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए । घटस्थापनाको… पुरा पढौ

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरा अन्तरराष्ट्रिय विमानस्थलले हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा बिभिन्न बस्तुको प्रयोग गर्न निषेध गरेको छ । विमानस्थलले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएको जनाउँदै, पुरानो विमानस्थलसहितको आवागमन क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले आवागमन क्षेत्रमा त्यस्ता गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको जानकारी दिए । विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको… पुरा पढौ

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे बेँसीसहर चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो… पुरा पढौ

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् । पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताए । सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने… पुरा पढौ