समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी… पुरा पढौ

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित,नेपाल विद्यार्थी सङ्घको वडा सचिव देखि पार्टीको सभापतिसम्म

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । छ हजार ५८४ मतका साथ उनी विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् । नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । विसं २०४८… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा “फाइभ ए साइड” फुटबल सम्पन्न

कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा असोज २१ गते देखी शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ वि वि एस दोश्रो वर्ष प्रथम , वि वि एस प्रथम वर्ष दितीय , भइ क्रमश रु ७ हजार नगद, प्रमाणपत्र र मेडल , रु ५ हजारनगद प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो । त्यसै गरी छात्रा तर्फ वि वि एस प्रथम वर्ष प्रथम भइ नगद, प्रमाण पत्र र… पुरा पढौ

पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै

नेपाली संगीतप्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। बिपुल क्षेत्री तथा उनको ब्यान्डको प्रस्तुति रहने ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो। एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुन लागेको उक्त कार्यक्रम प्रचार नेपाल प्रालिको आयोजनामा हुन लागेको हो। बिपुलको नेपाल भ्रमणअन्तर्गत सञ्चालन भइरहेको ‘प्रवाह नेपाल टुर २०२६’ को यो एक महत्त्वपूर्ण प्रस्तुति हो। उक्त टुरको व्यवस्थापन तथा सञ्चालन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट… पुरा पढौ

ग्रिन डेभलपमेन्टका ग्राहकलाई युआरएलमा छुट

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)को रक्त परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौतापत्रमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र युआरएलबीच बिहीबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । ग्रिन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले युआरएलमा उपलब्ध हुने विभिन्न प्रयोगशाला परीक्षण सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् । युआरएलले आफ्ना विभिन्न शाखामा ग्रिन डेभलपमेन्ट बैंकका ग्राहकलाई… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ को मृत्यु, १३ घाईते

सन्देश श्रेष्ठपोखरा, असोज २३ कास्कीको पोखरामा स्कुल बस दुर्घटनाहुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका माध्यमिक विद्यालयको ग.२ ख. १४१७ नम्बरको स्कुल बस ओख्लेभीरमा दुर्घटनाहुँदा ३ छात्रा, १ छात्र र एक जना प्रौढ गरेर कुल ५ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबैको पहिचान खुलेको छ । मृतकहरुमा १५ वर्षिया ममता तिवारी, १५ वर्षिया शुभेक्षा तिवारी र १४ वर्षिया रुमिका नेपाली, १३ वर्षिय असीम कँडेल र ६५ वर्षिय बाबुराम तिवारीको… पुरा पढौ

यामाहाको ब्लु फेष्ट महामेला पोखरा सभागृहमा शुरु

पोखरा, असोज २३पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट महामेला शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु. ईन्टरप्राईजेज प्रा।लि।ले पोखरा पोखरागृहको आगनमा आजदेखि नेपालीको महान चाँडपर्वहरु तिहार, नेपाल सम्वत र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज २३ गते आजदेखि शुरु भएको ब्लु फेष्ट महामेला असोज ३० गतेसम्म हुने जनाईएको छ । ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ ।यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक… पुरा पढौ

यातायात क्षेत्रका समस्यामा कास्की समन्वयको चासो

जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या र सरोकारका बिषयमा चासो देखाएको छ । यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने बिषयमा शुक्रबार सरोकारवालाहरूसंग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने तथा सेवाग्राहीका गुनासा समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । उनले यातायात व्यबस्थित हुन चालक, र सह चालक व्यवस्थापन ,सडक पार्किङ ,सडक दुर्घटना र सबारी प्रदुषण व्यबस्थापनमा जोड दिए । अपाङ्ग र… पुरा पढौ

कास्कीका ३ पालिकामा देउवा कांग्रेसको नेतृत्व, पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कास्कीका ३ पालिकामा नेतृत्व चयन गरेको छ । मंसिरमा महाधिवेशन गर्ने तयारीका साथ स्थानीय तहको अधिवेशनमा केन्द्रित रहेको इतर समुहले कास्कीका ५ मध्ये तीन पालिकामा नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । समुहको पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी चयन भए । पोखरामा सम्पन्न भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो । काँग्रेस नेता समेत रहेका अग्रज पत्रकार गंगाधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई भेलाले सर्वसम्मत रुपमा समर्थन गरेर तिवारीलाई सभापतिमा निर्विरोध… पुरा पढौ

दशैँको खुसी बाँड्दै सेफर्ड कलेज असहाय सेवा सदनमा

विजयादशमीको अवसर पारेर सेफर्ड कलेज काठमाडौंले असहाय सेवा सदनमा रहेका ज्येष्ठ नागरिकसँग खुसी, आत्मीयता र सद्भाव साटासाट गरेको छ । दशैँ विशेष कार्यक्रम अन्र्तगत चाडपर्वको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो । कलेजको बीआईटी र बीएमटी कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै दशैँको शुभकामना आदानप्रदान गरेका थिए । यस क्रममा विद्यार्थीहरूले ज्येष्ठ नागरिकबाट टीका तथा आशीर्वाद ग्रहण गरेका थिए भने उनीहरूलाई सहयोग… पुरा पढौ