यस वर्षको हिमपात शुरु भएको छ । मंसीर शुरु भएलगत्तपै गण्डकी प्रदेशमा पर्ने हिमाल पारिको जिल्लाहरु मनाङ र मुस्ताङसहित गोरखालगायतका जिल्लाहरुमा हिमपात शुरु भएको हो । हिमपात भएका जिल्लाहरुमा चिसो ह्वात्तै बढेको जनाइएको छ । जसका कारण जनजीवनपनि प्रभावित भएको खबर छ । हिमपातपछि हिमाल पारिको जिल्ला मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । मुस्ताङको सदरमुकाम जोमसोम, लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, कोरलालगायतका एक दर्जन ठाउँमा हिमपात भएको खबर छ । मुस्ताङमा हिउँ परेसँगै त्यहाँको तापक्रम माईनस २० डिग्रीसम्म झरेको राससले जनाएको…
पुरा पढौ