समाचार

खुुमा क्षेत्री बनिन् पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको बिजेता

पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको उपाधि खुमा क्षेत्रीले जितेकी छन् । नेपालका लागि यामहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु ईन्टरप्राईजेज प्रालिले यामाहाको नया उत्पादन रे जेडआर १२५ एफआईको अभूतपूर्व माईलेज र अन्य फिचरहरुबारे जानकारी दिन शनिबार पोखरामा गरेको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्ज तथा र्यालीमा २४ जना प्रतिष्पर्धीलाई पछि पार्दै क्षेत्रीले उपाधि जितेकी हुन् । पोखरास्थित यामाहा सोरुमबाट शुरु भएको र्याली महेन्द्रपुल, रानीपौवा, चाउथे, पृथ्वीचोक, लेकसाईड, हल्लनचोक, सभागृहचोक, पृथ्वीचोकहुँदै पुनःयामाहाको सोरुम नयाबजारमा आएर… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने

पोखरा । नवौं चरणको नेपाल लिटरेचर फेस्टिभल यसपटक भर्चुअल रुपमा हुने भएको छ । पोखरामा हुँदै आएको फेस्टिभल कोरोना महामारीका कारण यसपटक भर्चुअल रुपमा गर्न लागेको आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । बुकवर्म फाउण्डेसनको आयोजना र ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा हुन लागेको फेस्टिभल यही पुस १४ र १५ (२९ र ३० डिसेम्बर, २०२०) मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप… पुरा पढौ

गण्डकी प्रदेशमा शनिबार १५२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६०२ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुरुमा संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमध्य सबैभन्दा बढि कास्कीका ८३ जना छन् । यस्तै लमजुङका ३९, नवलपुर वर्दघाट सुस्ता पूर्वका ११, तनहुँका ८, पर्वतका ४, बाग्लुङका ३, स्याङ्जा र गोरखाका २ जना छन् ।योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ८८८ पुगेको छ । संक्रमितमध्य ११ हजार ९५८ कोरोनामुक्त भएका छन्… पुरा पढौ

पत्रकार महासंघ मुस्ताङको वार्षिक साधारणसभा संम्पन्न

मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको नवौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधरणसभाको उद्घाटन गर्दै घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए । अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको पत्रकारीतालाई थप उचाईमा पू¥याउन पत्रकारको संख्या वृद्धि गर्ने तर्फ शाखाले भुमिका खेल्नुपर्ने बताए । पत्रकारले गरेको प्रत्येक सूचना संम्प्रेषणले कार्यान्वयन गर्ने निकाय… पुरा पढौ

प्रादेशिक शाखा खोल्ने तयारीमा राष्ट्रिय खाद्र । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रादेशिक शाखा खोल्ने तयारी शुरु गरेको छ । जसका लागि बैंकका पदाधिकारीहरुले देश दौडाहा शुरु गरेका छन् । उत्पादन, भण्डारण र बजारीकरण सबै आफैले गर्ने उद्धेश्यले करीब ७ महिना अघी स्थापना भएको राष्ट्रिय खाद्य बैंकले प्रदेश स्तरियमा प्रादेशिक शाखा खोल्ने तयारी गरेको हो । शाखा खोल्ने तयारी स्वरुप अहिले प्रदेश राजधानीहरुमा परिचयात्मक अन्र्तक्रिया र छलफल चलाईरहेको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । प्रादेशिक रुपमा शाखा खोल्ने तयारी… पुरा पढौ

तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित

पोखरा । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्जालाई ११ रनले पराजित गरेको छ । टस जितेको स्याङ्जाले क्षेत्ररक्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे । स्याङ्जाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल… पुरा पढौ

पोखरा-३१ खोलावेसीमा पक्की पुल बन्ने

पोखरा महानगरपालिकाको वडा नम्बर ३१ स्थित खोलावेसीमा मोटरेबल पुल बन्ने भएको छ । २ करोड १२ लाखको लागतमा बन्ने पुलको शनिबार पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे ।शिलान्यास कार्यक्रममा प्रमुख जिसीले पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु बताए । पुल निर्माणले आवत जावतमा सुविधा पुग्ने हुनाले कृषि उत्पादनलाई प्राथमिकता दिएमा स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्न पनि सहयोग पुग्ने उनले बताए । विकटलाई निकट ल्याउने योजना अनुसार महानगरले खोलावेसीमा पुल निर्माण गर्न लागेको बताए ।कार्यक्रममा वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापाले… पुरा पढौ

राजनितिक अस्थिरता सिर्जना गरेर मुलुकलाई अराजकता तर्फ धकेलिदै छ-सांसद अधिकारी

संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकता तर्फ धकेल्न खोजिएको बताएका छन् ।लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय अखण्डताको पक्षमा उभिएको के पी ओली सरकारलाई चौतर्फी रुपमा राजनितिक घेरावन्दी गरिएको आरोप लगाए ।उनले पार्टी भित्र र बाहिरबाट सरकारलाई असफल बनाउन आक्रमण भएको उल्लेख गर्दै, राजनितिक अस्थिरता निम्त्याएर फाइदा लिने तत्वहरु सक्रिय भएको समेत बताए ।सांसद अधिकारीले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्ध रक्षाका लागि सवै दलहरु… पुरा पढौ

चोरी मुद्धामा पक्राउ परेकी सांसद मनाङेकी श्रीमती धरौटीमा रिहा

चोरी मुद्धामा पक्राउ परेकी गण्डकी प्रदेश सभा सदस्य (सांसद) राजिव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेन लामा धरौटीमा रिहा भएकी छन् । चोरी तथा डाका मुद्धामा मंसिर १० गते पक्राउ परेकी उनी शुक्रबार जिल्ला अदालत कास्कीको फैसलाबाट ५० हजार धरौटीमा रिहा भएकी हुन् । शुक्रबार न्यायाधीस श्रीकृष्ण भट्टराईको एकल ईजलासले लामालाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकृत नील पनेरुले जानकारी दिए ।दिक्छेनले बुझाएका प्रमाणका आधारमा उनी निर्दोष देखिएपछि धरौटीमा रिहा गर्ने आदेश आएको उनको भनाई छ… पुरा पढौ

अनैतिक सम्बन्ध लुकाउन काकीको हत्या

लमजुङ सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा उनकै भतिज पक्राउ परेका छन् । केहि दिनअघी विभत्स हत्या भएकी धनमायाको नाताले भतिज पर्ने सुन्दरबजार नगरपालिका वडा नं. ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेल पक्राउ परेका हुन् । पक्राउ गरिएका ती युवालाई लमजुङले शुक्रबार पत्रकार भेटघाट गरि सार्वजनिक गरेको छ । सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । पक्राउ… पुरा पढौ