समाचार

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ। यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६ सय ५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ। परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम इएच २१६ एस (EH216s) दिइएको छ। उक्त परीक्षणमा ६ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो। ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो। ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत… पुरा पढौ

नेपाल पत्रकार महासंघका महासचिव विष्ट कोरोना संक्रमण मुक्त

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् । महासचिव विष्ट शुक्रबार विहानबाट कोरोना संक्रमणबाट मुक्त भएका हुन् । महासचिव विष्टले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन् । महासचिव विष्टले कोरोनासँग लड्न सजिलो नभएको आफ्नो अनुभव रहेको बताएका छन् । कोरोनासँग लड्दा मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनाव झेलेको भन्दै उनले लेखेका छन्,‘कोरोनासँग लड्न सजिलो नभएको मेरो अनुभव रह्यो । मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनावपूर्ण अवस्था… पुरा पढौ

आफ्नै समस्या लेख्दैनन् पत्रकार

भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन। कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन। त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र संचार क्षेत्र पनि हो। कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका संचार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाई गर्ने घटना हेरे संचार र पत्रकारमाथि आएको संकट बुझ्न काफी हुन्छ। उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन्। खाली समस्या… पुरा पढौ

उप–प्रमुख गुरुङलाई कोभिड– संक्रमण

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ । उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उप–प्रमुख गुरुङले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरसबाट अछुतो रहन नसकेको बताएकी छन् । उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेकी छन् । उप–प्रमुखले आफूले छिट्टै कोरोनालाई जितेर नागरिकको सेवामा फर्किने विश्वास व्यक्त गरेकी छन् । पुरा पढौ

कोभिड–१९ को कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गरिने

सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र कोभिड–१९ का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका… पुरा पढौ

कराँची किङ्सलाई पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी

कराँची किङ्सले पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलको उपाधी जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किङ्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएल उपाधी जितेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। जवाफी व्याटिङमा कराँची किङ्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो। ४९ बलमा ६३ रन बनाउन सफल कराँची किङ्सका बाबर अजाम ‘म्यान… पुरा पढौ

आज (खरना) छठको दोस्रो दिन : के हो खरना ?

छठ पर्वको आज (बिहीबार) दोस्रो दिन ब्रतालुले ‘खरना’ को विधि तयारी पूरा गरेका हुन्छन्। कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज (बिहीबार) पर्वको दोस्रो दिन ‘खरना’ का दिन ब्रतालुहरु दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ। चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् ‘खरना’का दिन माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने… पुरा पढौ

विश्वभर एकैदिन १० हजार ८ सय बढी कोरोना संक्रमितको मृत्यु

विश्वमै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ। विश्वभर पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिन विश्वमा मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि, बुधबार (मंसीर ३ गते) १० हजार ५ सय ३६ जना संक्रमितको मृत्यु भएको थियो। एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९ सय १८ पुगेको छ। दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा… पुरा पढौ

त्रिवि विद्यार्थीको स्थगित परीक्षाको शैक्षिक सत्र खेर जाँदैन – त्रिभुवन विश्वविद्यालय

कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले बताएको छ, ‘गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो, अब स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ।’ वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको विश्वविद्यालयले जानकारी दिएको हो।… पुरा पढौ

कोरोनाको उपचार खर्च लिने कोभिड अस्पताललाई कार्वाही हुने

कोरोनाको उपचार खर्च लिने कोभिड अस्पताललाई सरकारले कार्वाही गर्ने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को उपचार खर्च लिने कोभिड–१९ अस्पताललाई सरकारले कार्वाही गर्ने जनाएको हो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन ईकाई अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आफू मातहतका ईकाईहरुलाई कोभिड–१९ को उपचार खर्च नलिन सर्कुलर गरेको छ । केहि कोभिड–१९ अस्पतालले अझैपनि उपचार खर्च विरामीबाटै लिइरहेको पाइएको भन्दै ईकाई प्रमुख डा.समिरकुमार अधिकारीद्वारा जारी सर्कुलरमा भनिएको छ,‘कोभिडको उपचार निःशुल्क… पुरा पढौ