समाचार

सहारा बाल आधारभूत विद्यालयमा जाईका स्वयंसेवक शिक्षक अन्नाको स्वागत

पोखरा । पोखरा–९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा जापान अन्तर्राष्ट्रिय सहकार्य एजेन्सी (जाईका)ले “युथ एक्टिभिटिज” शीर्षकअन्तर्गत दुई वर्षका लागि एक स्वयंसेवक शिक्षक उपलब्ध गराएको छ। विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीका अनुसार, जापानी स्वयंसेवक अन्ना चुसिमाले आगामी दुई वर्षसम्म विद्यालयमा सेवा प्रदान गर्नेछिन्। मंगलबार एक विशेष कार्यक्रमका बीच जाइकाको टोली सहित अन्नालाई विद्यालयमा स्वागत गरिएको थियो। कार्यक्रममा जाईका भोलेन्टियर सेक्सन नेपालका सिनियर कार्यक्रम प्रमुख राघव कायस्थ, जाईका नेपालका जापानी प्रतिनिधिहरू र विद्यालयका अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष थकालीले स्वागत… पुरा पढौ

आगामी पुसमा बाघ गणना गरिने

आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र… पुरा पढौ

एमाले सचिवालय बैठक शनिबार बस्ने, ११ औँ महाधिवेशनको तयारी थालिने

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ । ११औँ महाधिवेशनको तयारीका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ । सो… पुरा पढौ

राष्ट्रिय परोपकार महासंघ, पोखरा–१६ मा बाँनिया

राष्ट्रिय परोपकार महासंघ नेपाल,वडा एकाई समिति पोखरा–१६,को अध्यक्षमा गणेशबहादुर बाँनिया चयन भएका छन्। महासंघको सम्पन्न १२औ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले बाँनियाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको सदस्य श्यामसुन्दर आचार्यले जानकारी दिए । महासंघको वरिष्ठ उपाध्यक्षमा शारदा देवकोटा, उपाध्यक्षमा लक्ष्मी शर्मा तिमिल्सिना, सचिवमा शोभाकर गौतम,सहसचिवमा तारादेवी भट्टराई, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सदस्यहरूमा सीता थापा, मनु थापा, सीता सापकोटा, श्यामसुन्दर आचार्य र दुर्गा अधिकारी सर्वसम्मत रूपमा चयन भए। राष्ट्रिय परोपकार महासङ्घका वडा समितिका अध्यक्ष होमनाथ पौडेल “शिवजी” को अध्यक्षतामा… पुरा पढौ

उपचारका लागि देउवा दम्पती सिंगापुरमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दैदेउवा दम्पती गएराति सिंगापुर एयरलाइन्सको विमान मार्फत् काठमाडौंबाट सिंगापुर प्रस्थान गरेका थिए । उनीहरु चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै त्यहाँबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।ह्विलचेयरमा सभापति देउवा केही मन्द मुस्कानमा देखिएका छन् भने देउवाकी पत्नी पुर्व परराष्ट्र मन्त्री राणा मोवाईल हेरिरहेको दृश्य देखिन्छ ।अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ। जेनजी आन्दोलन क्रममा गत भदौ… पुरा पढौ

म्याग्दीको बुकेनी र धापुङ्ग गाउँमा पुल बनेपछि स्थानीयको खुसीयाली

म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएसँगै करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुल निर्माण पछि एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताईन् । “धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३०… पुरा पढौ

उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । “गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ”, उनले भने, “अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।” सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन,… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । “सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन”, उनले भने, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत… पुरा पढौ

प्रचण्डको अपिल : “राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँ”

काठमाडौं, कार्तिक ११ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरे। “देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच… पुरा पढौ

पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

“सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भने, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आउनुभएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरे । उनले भने, “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।” काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन । उनले भनिन, “आउन मन भए… पुरा पढौ