समाचार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ… पुरा पढौ

सुशीला सरकारलाई ओलीले दिए हाहुको सरकारको संज्ञा, भनेः म विदेश भाग्दिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहु सरकारको संज्ञा दिएका छन् । जेनजी आन्दोलनको बलमा भएको सत्ता परिवर्तन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । सो सरकारले अघिल्लो सरकारमा रहेका शीर्ष नेताहरु तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । शनिबार ओलीको नया निवास भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले आफू लगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने सरकारी तयारीप्रति आपत्ति जनाए । सुशील… पुरा पढौ

कास्कीमा चाडपर्व सुरक्षा योजना : कुकुरसहितको चेकिङ, पेट्रोलिङ र एम्बुसिङ चेकिङ

सन्देश श्रेष्ठपोखरा, असोज १० कास्की प्रहरीले चाडपर्व सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपालीको महान चाँड बडादशैंको अवसरमा आम नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम गर्न चाडपर्व सुरक्षा योजना लागु गरेको हो । जसका लागि कास्कीमा मात्रै ९ सय २३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ । कास्की प्रहरीले बडादशैंको अवसरमा कुनै पनि अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिनका लागि कुकुरसहितको चेकिङ शुरु गरेको जनाएको छ । घटना घटाएर हिंडेकालाई पक्राउ गर्नका लागि कुकुरसहितको… पुरा पढौ

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा, असोज १० पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैंको अवसरमा विशेष दिएको छ ।गएको भदौ २३ गतेदेखि यो असोज २२ सम्म मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होल बडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीले अनुरोध गरेकी छन् । पुरा पढौ

पिङ : दशैंमा रमाईलो थप्ने मनोरञ्जनको साधन

विभिन्न प्रक्रियाद्वारा जमिन छोडि मच्चिने, झुल्ने वा रिङ्ने साधन नै पिङ हो । शरद ऋतुको घमाइलो मौसम, दशैंको आगमन, यत्र तत्र टोल, बस्तिमा पिङ हालिएको हुन्थ्यो। बाल बच्चा,युवायुवती लगायत प्रौढहरू पिङ खेलेर मनोरन्जन लिई रहेका हुन्थे। पिङको मच्चाईले मासु सजिलैसँग पचाइन्छ, दशैंको बेला भूईं छोडे गति परिन्छ आदि भनाईले पीङ हाल्न प्रेरित गर्थ्यो। पिङले आफ्नै टोल ,बस्ती भित्र भाईचारा र एकतामा अभिबृद्वि गर्थ्यो भने, टोल टोलका बिचमा सकारात्मक प्रतिस्पर्धा गराउँथ्यो। पिङ हाल्ने भनेपछि के युवा रु, के प्रोढरु सबै उत्तिकै… पुरा पढौ

कास्कीको लान्द्रुकमा दशैं मेला सुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला सुरु भएको छ । स्थानिय क्युप्चे बराह क्लबले आफ्नो २६ औं वार्षिकोत्सव तथा बिजया दशमीको अवसर पारि दशैं मेलाको आयोजना गरेको हो । लान्द्रुक दशैं मेलाको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले लान्द्रुक दशैं मेलाले लान्दु्रक गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । लान्द्रुक गाउँ पर्यटकीय गाउँ भएकाले गाउमा आयोजना हुने मेला महोत्सव लगाएतका गतिविधीले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने बताउदै लान्द्रुकको खेल मैदान र आमा समुह… पुरा पढौ

पोखरामा भ्यानले स्कूटरलाई ठक्कर दिँदा सासुको मृत्यु, बुहारी घाइते

पोखरा । पोखरामा विहीबार दिउँसो भ्यानले स्कूटरलाई ठक्कर दिँदा एक वृद्धाको निधन भएको छ । एक उनकी बुहारी घाइते भएकी छन् । पोखरा बिन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिंदा स्कूटरमा सवार पोखरा १५ नयाँगाउँ निवासी ६३ वर्षीया दुर्गादेवी बास्तोलाको घटनास्थलमै निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । स्कूटर चालक ४३ वर्षीया गोमादेबी बास्तोला घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न भ्यानका चालकलाई नियन्त्रणमा लिएर… पुरा पढौ

लगातार बढेको सुनको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ… पुरा पढौ

प्रधानमन्त्री कार्कीले आज रास्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्रीकाे सम्बाेधन अगाडि आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएकाे छ । जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीकाे याे पहिलाे राष्ट्रका नाममा सम्बोधन हाे। गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। पुरा पढौ

नौलो घुम्ती नेपालको २४ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

पोखरा । लागुऔषध परामर्श, उपचार तथा पुनःस्थापना क्षेत्रमा क्रियाशील नौलो घुम्ती नेपालले आफ्नो २४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । साधारण सभासँगै संस्थाको सामाजिक परीक्षण पनि गरिएको थियो । सभाले महासचिव कमलप्रसाद अर्यालले पेश गरेको प्रगति प्रतिवेदन २०८१/८२ र कोषाध्यक्ष कमला रिमालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई आवश्यक सुधारसहित पारित गरेको छ । सामाजिक परीक्षणका क्रममा हालसम्म २ हजार ९१४ पुरुष र ७८९ महिला गरी ३ हजार ७१२ जनाले आवासीय उपचार सेवा लिएका जानकारी दिइयो । आर्थिक वर्ष… पुरा पढौ