समाचार

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा जितु

पोखरा, साउन १७ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा अमरजंग गुरुङ (जितु) चयन भएका छन् । महासंघको शनिबार पोखराको वरपिपल रिसोर्टमा भएको भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मीलाई चयन गरेको छ । महासंघ गण्डकीको प्रवक्तामा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य चयन भएका छन् भने सदस्यहरुमा अस्मिता… पुरा पढौ

पोखरामा आज भएको दौडमा आमा समूहतर्फ श्रेष्ठ, छात्रतर्फ सुनार र छात्रातर्फ जिटी प्रथम

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई खेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा, साउन १७पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा डा. आरसी लामिछानेले विद्यार्थीका लागि उत्प्रेरणमुलक मन्तव्य पस्केका थिए । विद्यार्थीलाई आत्मबल बलियो बनाएर अध्ययन गरेमा हरेक क्षेत्रमा सफल भईने लामिछानेले बताए ।पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै आत्मविश्वासका साथ अघि बढेको खण्डमा हरेक क्षेत्रमा सफल भईने बताए । उनले विद्यार्थीको… पुरा पढौ

सिसुवामा ऐतिहासिक तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने

पोखरा, साउन १७ पोखरामा यहि साउन ३१ गते तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि साउन ३० गते शनिबार लेखनाथको सिशुवा बजारमा आयोजना हुँदैछ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा… पुरा पढौ

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’

बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा… पुरा पढौ

वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक

पोखरा, साउन १७ । वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीककी पूजनीय आमा विष्णुमाया खनालको ९१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। हृदयघातका कारण पोखरा स्थित निवासमै उनको निधन भएको हो। अन्दाजी तीन साताअघि सामान्य बिरामी परेकी उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमै आराम गरिरहेको अवस्थामा निधन भएको हो। गम्भीर स्वास्थ्य समस्या नरहेकी विष्णुमाया खनालले गएराति आफैं खाना खाएर आराम गरेकी थिइन्। “आमाको स्वास्थ्यमा खासै जटिलता थिएन, तर आज एक्कासि सधैँका लागि जानु भयो,” शोकाकुल छोराले बताए। स्व. विष्णुमाया खनालका ५… पुरा पढौ

महेन्द्र माविको वादविवाद प्रतियोगितामा प्रशंसा र सागर प्रथम

पोखरा  पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आधारभुत र माध्यमिक तहको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले नियमित रूपमा गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रतियोगितामा आधारभुत तह तर्फ सागर पौडेल प्रथम,आयुशा सुनार द्वितीय र प्रमेश पौडेल तृतीय तथा मावि तहमा प्रशंसा पौडेल प्रथम,कृपा पौडेल द्वितीय र हिमानी पौडेल तृतीय भएको अतिरिक्त क्रियाकलापका संयोजक रत्नाकुमारी विश्वकर्माले जानकारी दिनुभयो। उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल लगायतले बधाई दिदै, पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीको… पुरा पढौ

आरयू फेष्ट : फोहोरलाई अवसर देखाउँदै

पोखरा, साउन १५ पर्यटकीय राजधानी पोखरामा आरयू फेष्ट शुरु भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरुको प्रदर्शनीसँगै उत्पादनको प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम आरयू फेष्ट शुरु भएको हो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म आयोजना हुने फेष्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । फेष्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी गरिएको छ । जहाँ दर्जन भन्दा बढी कम्पनीहरुले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरु प्रदर्शनीमा राखेका छन् । कसैले हिमालमा छाडिएका प्लाष्टिकजन्य सामग्रीबाट उत्पादित गरेका सामग्री फेष्टमा… पुरा पढौ

पोखरा–१२ को वडा कार्यालयको प्रवेशद्वार, बगैंचा र फल्चाको उद्घाटन

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १२ को कार्यालयमा बनाइएको प्रवेशद्वार तथा बगैंचाको उद्घाटन गरिएको छ । वडा कार्यालयमा बनाइएको प्राचिन शैलीमा निर्माण गरिएको प्रवेश द्वार, बगैंचा, कम्पाउण्ड र फल्चाको आज पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । वडा कार्यालयले प्रवेश द्वार ३० लाख, बगैंचा ३० लाख, फल्चा १५ लाख र कम्पाउण्ड ६५ लाख गरेर कुल एक करोड ४० लाखको लागतमा संरचना बनाएको हो । वडा कार्यालयको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिटको प्रयोग मात्र नभई ऐतिहासिक… पुरा पढौ

नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक 

पोखरा  नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन्। तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि 'बाबा आमालाई सेवा गरौ' जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द… पुरा पढौ